भोटेकोशीमा बाढीः चार जलविद्युत् आयोजनामा क्षति, दुई जना बेपत्ता



सिन्धुपाल्चोकः भारी बर्षापछि सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा बाढी आएको छ । बाढीका कारण नदी आसपासका चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । दुई जना बेपत्ता छन् ।

बाढीले निर्माणाधीन एक १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशीसँगै चाकुखोला जलविद्युत् आयोजना र शुभश्री हाइड्रोपावरमा क्षति पुगेको सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए ।

बाढीले बेपत्ता बनाएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढीले पुर्याएको क्षतिबारे पूर्ण विवरण आउँन बाँकी छ । बाढीले जलविद्युत् आयोजनासँगै सडकमा पनि क्षति पुर्याएको छ । बाढीपछि स्थानीयमा त्रास बढेको छ ।

दुई वर्षअघि भोटेकोशीमा आएका बाढीका कारण सयौं परिवार विस्थापित भएका थिए । शनिबार राति त्यस क्षेत्रमा भीषण बर्षा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्