कैलालीका अधिकांश वडा कार्यालयमा विप्लव समूहद्वारा तालाबन्दी



कैलाली : जिल्लाका अधिकासं वडा कार्यालयमा नेकपा विप्लव समूहका कार्यकर्ताले तालाबन्दी गरेका छन्।

धनगढी उपमहानगरपालिकासहित गोदाबरी नगरपालिका, गौरीगंगा नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिका लगायत पालिकाका ४५ भन्दा बढी वडा कार्यालयमा आफूहरुले ताला लगाएकाे विप्लव नेकपाले जनाएकाे छ। उक्त स्थानमा नेकपा विप्लवकाे सेती महाकाली ब्युराेकाे पर्चासमेत फेला गरेकाे छ। 

वर्तमान सरकारले राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार बढाउने निर्णय गएको र त्यसविरुद्ध पार्टीले सुरु गरेको अभियानअन्तरगत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ। आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिवन्धका विरुद्ध पनि चरणवद्ध आन्दोलन जारी रहेको पर्चामा लेखिएको छ। यसअघि गयराती कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधीलाई विप्लव समूहका कार्यकर्ताले थुनेका थिए।

गएराति साढे आठ बजेको समयमा कार्यालयमै काम गरिरहेको अवस्थामा भेटिएका दुई जना कर्मचारी र जनप्रतिनिधिलाई विप्लव समूहले बाहिरबाट ताला लगाएर थुनेका थिए। स्रोतका अनुसार नगरपालिकाका लेखापाल सरोज चौधरी र कार्यालय सहयोगी बगेन्द्र सुनार सहित केही जनप्रतिनिधि रातिको समयमा लेखा फाँटमा काम गरिरहेका थिए।

शनिबार पनि राति राति कार्यालयमा काम भइरहेकाे भन्दै लम्कीचुहा नगरपालिकामा विप्लव समूहका कार्यकर्ताले कर्मचारीसहित जनप्रतिनिधिलाई थुनेकाे बताएकाे छ।

यसबारे धनगढी उपमहानगरपालिकाका मेयरसँग बुझ्न खाेज्दा मेयरकाे फोन नउठेकाे र कञ्चनपुरका डीएसपी दक्ष्य बस्नेतका अनुसार तालाबन्दी गरिएको पुष्टि भएकाे र उक्त वडा कार्यालयहरुमा बाक्लै संख्यामा सुरक्षा टोली परिचालन गरिएकाे छ। 

प्रतिक्रिया दिनुहोस्