६२ परिवारको तिर्खा मेटाइरहेको साठी वर्ष पुरानो कुवा



जाजरकोट : ६० वर्ष पुरानो कुवाको पानीको भरमा भेरी नगरपालिका– १ मैदेका स्थानीयवासी तिर्खा मेटाइरहेका छन् । भेरी नगरपालिका–१ मैदेमा विसं २०१६ मा बनेको पँधेरो, कुवा सञ्चालन गरेर दैनिक यहाँका ६२ घरधुरी किसान पानीको जोहो गर्दै आएका हुन् ।

जिल्लामा बनेका खानेपानी आयोजनामध्ये दिगो विकासको नमूनाका रूपमा मैदेको कुवालाई लिन सकिने वडा नं १ का वडाध्यक्ष दीपक रानाको भनाइ छ । पछिल्लो चरणमा आयोजना निर्माण गरेको पाँच वर्ष बित्न नपाउँदै उपभोग गर्न नमिल्ने खानेपानी आयोजना बनिरहेको बताउँदै अध्यक्ष रानाले भन्नुभयो, “कुवा निर्माण गरेको ६० वर्षको समय पार गरे पनि उपभोक्ताले उपभोग गरिरहेको जिल्लाकै एक मात्र आयोजना होला भन्ने मलाई लागिरहेको छ ।”

तत्कालीन अञ्चलाधीशको पहलमा विसं २०१६ मा उक्त कुवा निर्माण भएको बताउँदै ७० वर्षीय डोइलीवीर रानाले भन्नुभयो, “उक्त कुवामा प्रयोग भएको सिमेन्ट, इँटा, बालुवालगायतका सामग्री ढुवानी गर्नलाई मैदे गाउँवासीले श्रमदान गर्नुपरेको थियो, त्यतिबेला सिमेन्ट यहाँ पाइँदैन्थ्यो, नुन लिन नेपालगञ्ज जाँदा नुनसँगै प्रतिव्यक्तिले चार/चार माना सिमेन्ट, रावतगाउँमा बनेको इँटा र पिपेबाट बालुवा ढुवानी गरेका थियौँ ।”

कुवा निर्माण गर्दा इँटाको पर्खामा चुन, इँटाको धुलो र सिमेन्टको प्रयोग गरिएको रानाले बताउनुभयो । विसं २०१६ मा निर्माण गरिएको कुवालाई २०४४ तिर युनिसेफको आर्थिक सहयोगमा सिमेन्ट प्लाष्टर गरिएको थियो ।

हालसम्म कुवाको पानी उपभोग गर्ने मैदेगाउँका ६२ घरधुरी सङ्ख्या रहेको नैनबहादुर रानाले जानकारी दिनुभयो । पानीको स्रोत निकै कम रहेको भए तापनि कुवाको पानी खानुको विकल्प नभएको नैनबहादुरको भनाइ छ । एडिबीको आर्थिक सहयोगमा ड्रिल्पीमार्फत विसं २०६७/६८ मा बनाइएको खानेपानी आयोजना सञ्चालनमा नआएपछि मैदेवासी कुवाको पानी पिउन बाध्य भएका छौँ, नैनबहादुरले भन्नुभयो ।

६० वर्ष पहिलेदेखि मैदेवासीले पिउँदै आएको कुवाको पानीको स्रोतलाई घट्न नदिन मुहान वरिपरि वृक्षरोपण गर्नुपर्ने, कुवालाई संरक्षण गर्न घेरबार, त्यसको पुनःनिर्माणमा जोड दिनुपर्ने मैदेवासीले माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : २०६४ सालमा बम विस्फोट र त्यसका घाइतेको सामूहिक हत्या गरेको आरोपमा १२ वर्षपछि

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित १३ जना विरुद्ध आज (मंगलबार) विशेष अदालत काठमाडौंमा

काठमाडौं :डन आयो डन,जा मूला भन,राजा हो राजा,बजाईदिन्छ बाजा,ए निकाल गाँजा,खानुपर्छ आज ।। यो गीत

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाबीच वार्ता सहजकर्ताको भूमिकामा रहेका

काठमाडौं : यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका प्रतिनिधिसभाको तत्कालिन सभामुख कृष्णबहादुर महरा प्रकरणले सत्तारुढ दल

थाईल्याण्ड : थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एकपत्नीको शाही उपाधि खोसेका छन्। उनी राजा बन्नुभन्दा

काठमाडौं : नेपाल–जापानबीच भएको द्विपक्षीय सम्झौताअनुसार जापानको ऋणसहयोगमा बहुचर्चित नागढुङ्गा–नौबीसे सुरूङमार्ग निर्माण हुने भएको छ

वासिङ्टन : ठीक १३ महिनापछि अर्थात् नोभेम्बर २०२० मा हुन गैरहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सामाजिक

काठमाडौ : निर्वाचन आयोगले रिक्त प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको लागि कार्यतालिका सार्वजनिक गरेसँगै १४

काठमाडौं : विश्वपरिवेश र अभ्यासभन्दा नेपालमा निजामित कर्मचारीको संख्या धेरै भएको भन्दै कटौटी गर्ने सार्वजनिक

फाइल फोटो जापान : राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित

काठमाडौं : कार्यबाहक सभामुखको रुपमा रहेकी उपसभामुख  शिवमाया तुम्वाहाम्फेले प्रधानमन्त्री केपी शर्मा ओलीलाइृ भेट्दै आफ्नो