जनकपुरमा केराको बोट बिक्री बढ्यो, एक करोड बढीको कारोबार हुने अनुमान



जनकपुरधाम : मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा केराको बोट, अशोकको पात र फूलको विक्रीमा वृद्धि भएको छ । जनकपुरका व्यापारी तथा व्यवसायीले दीपवालीको दिन पसलको बाहिर केराको बोटसहित सजावट गर्ने चलन छ । दिपावलीमा हरेक पसल अगाडि  केराको बोट राखेर अशोकको पात तथा फूलमालाले सजाएको देख्न सकिन्छ । 

एक जोडी केराको बोटको मुल्य २ सय ५० देखी ३ सय ५० रुपैयाँसम्म पर्ने गरेको व्यापारी सरोज मिश्रले बताए । रुपैठाबाट आएका व्यापारी सीरिया मंडलका अनुसार बिहान सात बजेसम्ममा उनले ४० हजार रुपैयाँको केराको बोट बिक्री गरिसकेका छन् । 

जनकपुरमा लक्ष्मी पूजाको दिन मात्रै एक करोड रुपैयाँभन्दा बढीको केराको बोट बिक्री हुने गरेको छ । हरेक वर्ष केराको बोट बिक्री गर्दै आएका राम सकील साहका अनुसार गत वर्ष उनी एक्लैले बीस लाख बरावरको केराको बोट बेचेको थिए । 

दीपवालीमा पसल अगाडि केराको बोट राख्ने परम्परा वर्षौंदेखि चलिआएको छ ।

प्रतिक्रिया दिनुहोस्