‘हामी परिवारसँगै रुन चाहन्छौँ ’



काठमाडौं :  पूर्वी नवलपरासी कावासोती ४ का खेम प्रसाद काफ्ले देशमा रोजगारी नपाएपछि घरपरिवारलाई सुख दिने अभिलाषा बोकेर आज भन्दा दुई वर्षअघि साउदी पुगे । स्वदेशमै कर्म नगरेका पनि होइनन् तर आवश्यकता पुरा गर्न धौ धौ परेपछि गरिरहेको गाइ पालन छाडेर काठमाडौँको वेकन ओभरसीज सर्भिसेज प्रालिको माध्यमबाट साउदी पुगेका  थिए । गएको ६,७ महिना त रामै भएको थियो काम   गर्‍यो तलब बुझ्यो उनी घरमा पठायो । त्यति वेला उनलाई लागेको थियो अब चाडै सपना साकार हुने भयो । 

आर्थिक स्थिति सुधार हुँदै जाँदा उनको परिवार पनि रमाएकै थिए । तर उनको त्यो खुसी धेरैबेर टिक्न सकेन । गएको ८ महिनापछि सुरु भयो वैदेशिक रोजगारीका पिडा , भनेको समयमा तलब नपाउने पाएपनि एक सय रियल , कहिले ५० रियल मात्र पाउन थाले उनको मनको आस भने कहिल्यै मरेन २,३ महिनामा त पुरै पाइएला नि भन्दै उनिले कामलाई निरन्तरता दिइरहे । 

तर गएको १५, १६ महिनासम्मपनि समस्या भने जिउमा तिउ रह्यो। यता परिवारमा चिन्ता एकतातिर उनलाई साउदीमै खान बस्न समस्या, एकातिर आफ्नो समस्या अर्कोतिर परिवारभन्दा टाढा , सायदै उनको पिडा कसैले बुझ्ला , उनले घरमा श्रीमतीलाई सारा पिडा सुनाए । यता श्रीमतीले खेमुलाई नेपाल झिकाउन प्रयास गरिरहेकी छन् । उनको श्रीमतीले भएको जग्गा पनि बेचेर श्रीमानलाई नेपाल झिकाउन चाहन्छिन् । 

खेमुले कम्पनीबाट अझै ६ हजार रियल लिन बाँकी छ ।  द नेपाल टपको सम्पर्कमा आएका खेमुले हामी सँग भने  ‘ हामी कुनै केशमा पनि परिएको छैन हामी नेपाल आउन चाहन्छौ करिब ६ हजार रियल पैसा कम्पनीबाट लिन छ । अरू त कहिले ५०, कहिले सय गरेर उठाए , नेपाली दूतावासमा सम्पर्क गरेको ७ महिना भयो तर आश्वासन मात्र आउँछ ,खासै पहल भएजस्तो लागेन ,हजुरहजुरुले दबाब दिनुहोला म त अझै अफिस गइरहेको छूँ तर म सँग भएका भाइहरू त ३ महिना देखी खालि बस्नुभएको छ ।’ 

उनको इच्छा चाडै घर फर्केर परिवारसङ सुख दुख साट्ने छ । खेमु त एक प्रतिनिधि पात्र मात्र हुन् उनीजस्तै हजारौँका सङ्ख्यामा नेपाली युवाहरू विदेशको भूमिमा खेमुलेजस्तै समस्या भोगी रहेका छन् । स्याङ्जा सौर भन्ज्याङ का ३० वर्षका दीपक रानापनि खेमुसंगैँ छन् ।

उनको समस्यापनि उस्तै उनलाई लगिएको कम्पनी बन्द भयो अहिले उनीसँग न काम छ न पैसा नेपाली दूतावासले कहिले पहल गर्देला र घर जान पाइन्छ भनेर प्रतीक्षा गर्नुको विकल्प छैन । उनले भने ‘पैसा बरु चाहिँदैन छिटो नेपाल जान पाए हुन्थ्यो यहाँ बस्दा बस्दा उकुसमुकुस भइसकियो । न आफन्त छन् न त पैसा अहिलेसम्म मागेर खाएका छौँ सधैँ कासंग माग्ने अर्को तर्फ आफूले काम गरेको कम्पनीले पैसा दिएको छैन , सधैँ भोलीभोली भन्छ कति दुख छ। ’ 

समय  अवधि पुग्दा पनि घर फर्कन नपाउँदा उनिपनि निराश छन् । देश को परिस्थिति र आफ्नो पिडा सबै दुख सुख भुलेर विदेशका गल्ली मा जीवन गुजारा सजिलै सँग चलाउने सपना धेरैले बुनेका हुन्छन् । तर विडम्बना विदेशमा आफूले सोचे जस्तो र भने जस्तो काम कमैले पाउने गर्छन् । तर पनि आफ्नो घर परिवार र आफ्नो देशको हालत लाई सम्झेर जस्तो भए पनि जति सुकै दुख पाएपनि आफू ले सहज जिन्दगी काट्न नसके पनि आफ्नो साहुको ऋण र परिवार को भविष्य लाई सम्झेर त्यी दुखकस्टहरु कहिले रगत बाट त कहिले पानी सरि पसिना बाट बगाई आफ्नो मन लाई सम्हाल्ने गरेका हुन्छन् ।त्यसरी काम गर्दा पनि समयमा तलब नपाएका कयौँ नेपाली युवाहरू भेटिन्छन् ।

उनीहरूजस्तै  पूर्वी नवलपरासी साबिक धौवादी ७ सङ्खदेवका दानबहादुर सार्की पनि एक हुन् । अहिले उनी खेमु र दीपक सँगसँगै बस्दै आएका छन् । द नेपाल टपको सम्पर्कमा आएका उनले पनि आफू साथिहरुलेजस्तै बिलौना गरे । 

प्रदेशको भूमिमा एक्लै रुन भन्दा घरपरिवार सँगै हुन पाए भन्ने ऊनलाई लागेको छ । उनले भने  ‘न हामीले भागेर काम गरेका हौँ न केही गल्ती गरेका छौँ काम गरेको पैसा माग्दा सधैँ भोलि भोलि अनि दूतावासमा सम्पर्क गर्‍र्यो यसलाई सम्पर्क गर्नुस् उसलाई सम्पर्क गर्नुस् भन्छन् हामी सँग फोन गर्ने पैसा  त छैन किन यता उता झुलाएको , दूतावासले सहयोग गरेजस्तो अनुभूति भएन काम गर्ने हस्पिटल पनि बन्द भयो अब यहाँ के गरेर बस्ने ’। 

उनीहरूको ४ महिनादेखि ७ महिनासम्मको तलब रोकिएको छ । तलब नपाउँदा कामदारलाई खानेकुरा जोहो गर्नसमेत समस्या परेको छ । विदेशमा नेपालीहरूले भोग्नु परेको अवस्था सामान्य छैन । विदेश पुगेर आएका धेरै नेपालीहरू विदेशमा आफूले भोगेर आएका दुखका क्षणहरू सम्झन लायक ठान्दैनन् । खाडी मुलुकहरूबाट फर्केकाहरू त आफ्नो बसाई अवधि प्रदायक भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्