अब कपडाबाटै मोबाइल चार्ज ! किन चाहियो पावर बैंक ?



काठमाडौं : सूचना प्रविधिको क्षेत्र द्रुत रुपमा विकास भइरहेको छ। अहिले सवैको हात-हातमा सेल फोन हुन्छ। तर, सबैको साझा समस्या बनेको छ– मोबाइलको ब्याट्री सकिने। अधिकांश मानिसहरु आफ्नो मोबाइल फोन चार्जको समस्याले हैरान देखिन्छन्।

महत्वपूर्ण काम परेकै बेला मोबाइल स्वीच अफ भैदिन्छ, झन् हैरानी। कतिपयले यस्तो समस्याबाट मुक्त हुन पावर बैंक बोकिराख्नु हुन्छ। तर, अब यस्तो प्रविधि आउँदैछ कि पावर बैंक बोकिरहनुपर्ने झन्झट हुने छैन। शोधकर्ताहरुका अनुसार अब आफैले लगाएको कपडाबाट मोबाइल फोन चार्ज गर्न सकिनेछ।

नाटिङ्घम ट्रसेन्ट विश्वविद्यालयका वैज्ञानिकहरुले कपडाबाटै चार्ज गर्न सकिने दाबी गरेका छन्। उनीहरुका अनुसार एउटा सानो सोलार प्यानल सर्टको गोजीमा लगाउन सकिनेछ। जब तपाई मोबाइल गोजीमा राख्नुहुनेछ, आफै चार्ज हुन थाल्नेछ।

वैज्ञानिकहरुले यस प्रविधिको नाम चार्जिङ डक राखेका छन्। शोधकर्ताहरुका अनुसार चार्जिङ डक ३ मिलिमिटर लामो र १.५ मिलिमिटर चौडा हुनेछ। यसले पावर बैंकको जस्तै काम गर्नेछ साथै अरु कपडाजस्तै यस कपडालाई पनि धुन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्