लागू औषध कारोबार गर्ने चार जना पक्राउ



कैलाली : कञ्चनपुरको पुनर्वासमा प्रहरीले चार जना लागू औषध कारोबारीलाई पक्राउ गरेको छ । दुई किलो चरेस सहित दुई जना पक्राउ परेको दुई दिनपछि मंगलबार फेरी लागु औषध कारोबारी समातिएका हुन् । 

उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध नाईट्रो भ्याट ट्याबलेट ५४ थान र स्पासमो ट्याबलेट २१ थान बरामद गरिएको छ । 

से.५.प ९१६९ र यू.पी.३१ के ९६१५भारतीय नम्बर प्लेट भएको मोटरसाइकल प्रयोग गरी पुनर्वासबाट धनगढीतर्फ जाँदै गर्दा पुनर्वास नगरपालिका–११, टाउँकेबजारमा उनीहरू पक्राउ परेका थिए । 

 

पक्राउ पर्नेहरूको नाम भने हाललाई गोप्य राखी उनीहरू माथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । 

 

नेपाल–भारत सीमा नाका पुनर्वासबाट पछिल्लो समय लागूऔषधको ओसार–प्रसार बढेपछि त्रिभुवनबस्ती प्रहरीले विशेष अभियान थालेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कर्णबहादुर बमले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्