मैलुङ स्याफ्रुबेशी सडकखण्ड तीन दिनदेखि अवरुद्ध 



रसुवा : मैलुङ स्याफ्रुबेशी सडकखण्ड तीन दिनदेखि अवरुद्ध भएको छ। शुक्रबार परेको अविरल वर्षासँगै आएको बाढीले सडक भासिँदा तीन दिनदेखि चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने छोटो दूरीको सडक अवरुद्ध भएको हो।

जिल्लाको कालिका गाउँपालिका ५ गुम्चेतस्थित ठूलो खोलामा राखिएको हिमपाइप पुरेको माटो बाढीले बगाउँदा सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

अवरुद्ध सडक सुचारु गर्नका लागि सरोकारवाला निकायबीच समन्वय भइरहेको भण्डारीले बताए। सडक योजना र गाउँपालिकाको स्काभेटरको सहायताले भोलिदेखि मर्मतको कार्य सुरु गरिने बताइएको छ। 

 

प्रतिक्रिया दिनुहोस्