डिभोर्सपछि एक्लै जीवन हाँकिरहेका यी ११ महिला कलाकार (फोटोफिचर)



संगै मर्ने संगै बाच्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य जीवन यात्रा सफल भएको छैन् । पारिवारीक जीवन जिउने क्रममा आपसी मतभेद त हुन्छ नै । सामन्यतया अविश्वास, आशंका र चरम महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ । 

डिभोर्स गरेर दोस्रो विवाह गर्ने कलाकारहरुमा संचिता लुइटेल, पूजा चन्द, सिम्पल खनाल, झरना बज्रचार्यलगायत छन् । प्रियकां कार्की बिहेको तयारी गर्दै छिन् । सुस्मिता बमजन, प्राश्ना शाक्य, प्रिया रिजाल, रेश्मा सुनुवार, पुजना लामा, सिरु बिष्ट, सुस्मिता कार्की, सिर्जना बस्नेत डिभोर्स गर्ने कलाकारको सूचीमा पर्छन् । 

एउटा दाम्पत्य सम्बन्ध सफल नभएर अलग भएका दम्पतीहरु अर्कोसंग घरजम गर्ने तयारी गर्छन् । तर डिभोर्सपछि एक्लै गुजारा चलाइरहेकाहरु पनि छन् । र अझ कला क्षेत्रमा त झनै धेरै छन् । यी हुन् महिला कलाकारहरु जो डिभोर्सपछि पनि एकलै जीवन हाँकिरहेका छन् र खुसी छन् ।

१) रेखा थापा

Image result for रेखा थापा

नेपाली सिने क्षेत्रमा हिम्मतवाली नायिकाका रुपमा परिचित छिन् रेखा थापा । फिल्मभित्र नायकलाई ओझेल पार्दै उनी नै नायकका रुपमा उभिन्छिन् । निर्देशक छवि ओजासंग विवाह गरेकी थापाको वैवाहिक सम्बन्ध लामो समयसम्म भने टिक्न सकेन् । एक दशक लामो वैवाहिक सम्बन्धलाई ब्रेक लगाएकी रेखा हाल एक्लै बस्दै आएकी छिन् । रेखाले हाल चलचित्र, राजनीतीसाथै सामाजिक कार्यलाई एकै साथ अगाडि बढाउँदै आएकी छिन् । 

२) मनिषा कोइराला 

Related image

मनिषा कोइराला केहि समयसम्म बलिउडमा नम्बर १ नायिकाको स्थान हासिल गरेकी नायिका हुन् । नेपाली फिल्म फेरि भेटउँलाबाट डेब्यु गरेपनि बलिउडमा भने उनले टप ब्यानरको सौदागरबाट झुल्किने मौका पाइन र उनी त्यहि फिल्मबाट नै रातारात स्टार बनिन् । उनै मनिषाले बिजनेस म्यान सम्राट दाहालसंग विवाह गरेकी थिइन् । तर यो विवाह छोटो समयमा नै पूर्णविराम लाग्यो । 

३) रिमा विश्वकर्मा

Image result for रिमा विश्वकर्मा

नायिका तथा मोडल रिमा विश्वकर्माले रोबर्ट बिकसंग विवाह गरेकी थिइन् । विवाह गरेको २ वर्ष नपुग्दै नै उनीहरुले आफ्नो सम्बन्धलाई पूर्णविराम लगाइदिएका थिए । नेपाल आइडलको पहिलो र दोस्रो सिजनमा होस्ट बनेपछि लोकप्रियता अझ तुल्याउन सफल रिमा प्रस्ट वक्ता र सुन्दरताका कारण चर्चामा रहन्छिन् । रिमाले अर्को विवाहको बारेमा केहि सोचिनसकेको बताउने गरेकी छिन् । 

४) गौरी मल्ल 

Image result for गौरी मल्ल 

गौरी मल्लले चलचित्र सन्तानबाट डेब्यु गरेकी हुन् । अब्बल अभिनयका कारण उनी नेपाली सिने बजारमा सदाबहार छिन् । करियरकै उचाइमा रहेका बेला उनले प्रज्वल भण्डारीसंग विवाह गरेकी थिइन् । प्रज्वलसंग वैवाहिक सम्बन्ध नटिकेपछि अन्तत उनीहरु अलग्गिए । गौरीले अहिलेसम्म अर्को विवाह नगरी एक्लै बस्दै आएकी छिन् ।

५) अन्जु पन्त 

Image result for अन्जु पन्त 

अन्जु पन्त व्यस्त र सफल गायिकाको रुपमा चिनिन्छिन् । पाश्र्व गायनमा उनलाई औधी रुचाइएको छ । अन्जु पन्त र गायक मनोज राज विवाह गरेको १० वर्षपछि छुट्टिए । अन्जुले श्रीमानसंग असहजता भएको कारण छुट्टिएको बताउँदै आएकी छिन् ।  अहिले अन्जु छोरीसंग बस्दै आएकी छिन् । 

६) चुल्ठिम डोल्मा 

Image result for चुल्ठिम डोल्मा 

चलचित्र नोभेम्बर रेन बाट चर्चामा आएकी चुल्ठिमले गाएक धिरज राईसंग विवाह गरेकी थिइन् । चुल्ठिमको बैवाहिक सम्बन्धपनि लामो समयसम्म अघि बढेन् । उनीहरु के कारणले अलग भए भन्नेकुरा खुलाइएको छैन् । हाल उनी एक्लै बस्दै आएकी छिन् ।

७) मौसमी मल्ल

मौसमी मल्ल कुनै समयकी चर्चित नायिका हुन् । उनले १५ वर्ष कै उमेरमा धन विक्रम मल्लसंग विवाह गरेकी थिइन् । विवाह भएको ९ वर्षपछि मौसमीले डिभोर्स गरेकी हुन् । आफ्नो ध्वस्त वैवाहिक जीवन सम्झेर पुन विवाह गर्नेबारे कल्पनासम्म पनि नगरेको उनले बताउने गरेकी छिन् ।

८) कृति भट्राई

नायिका कृति भट्राईले पत्रकार रवी श्रेष्ठसंग विवाह गरेकी थिइन् । परिवारसंग विद्रोह गरेर उनले संचारकर्मीसंग विवाह गरेकी थिइन् । तर उनीहरुको विवाह सम्बनध लामो समयसम्म टिक्न सकेन् । हाल उनले एक्लो जीवन बिताइरहेकी छिन् । 

९) रन्जना शर्मा

Image result for नायिका रन्जना शर्मा

नायिका रन्जना शर्माले निर्देशक श्याम भट्राईसंग विवाह गरेकी थिइन् । विवाहपछि रन्जना अमेरिका गइन त्यसपछि उनीहरु टाढा हुँदै गए अन्तत उनीहरु अलग्गिए । रन्जना हाल अमेरिकामै छिन् । 

१०) अरुणिमा लम्साल 

Image result for अरुणिमा लम्साल 

एक समयकी चर्चित नायिका अरुणिमा लम्सालको पनि वैवाहिक सम्बनध टिक्न सकेन् । अमित अर्यालसंग विवाह गरेकी उनले १२ वर्षको वैवाहिक सम्बन्धलाई टुङ्ग्याएकी थिइन् । 

११) मिलन अमात्य 

Image result for मिलन अमात्य 

मिलन अमात्य नयाँ पुस्तामा परिचित गायिका हुन् । अहिलेसम्म उनले दर्जनौ गीतमा स्वर दिएकी छिन् । सफल गायिका अमात्यको वैवाहिक जीवन भने सफल हुन् सकेन् । विवाह भएको ६ वर्षमा मिलन र उनको श्रीमानबीच डिभोर्स भयो । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बाँके : नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । सुर्खेतरोडमा शिक्षण अस्पताल

काठमाडौं : राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध

चितवन : चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । आज दिनभर जिल्ला

काठमाडौं : नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने

काठमाडौं : सरकारले पर्यटन क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि ‘पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठान’ स्थापना

चितवन : भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौं : राजनीतिक विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगरसभाले अन्ततः राजनीतिक सहमति जुटाउँदै बजेट,

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र

अमेरिका : अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन

अमेरिका : सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको

एजेन्सी : पछिल्लो समय अमेरिकाले इरान, त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने