बाढीले बगायो पोखरा प्रवेशद्वारको डाइभर्सन



कास्की : पोखरा महानगरको विजयपुर खोलामा बनाइएको डाइभर्सन पुल बाढीले बगाएको छ। विजयपुर खोलाको पक्की पुल जोखिममा परेपछि १० टन भन्दा बढीका सवारीसाधन आवत–जावत गर्न बनाइएको डाइभर्सन आइतबार राति आएको बाढीले बगाएको हो।

डाइभर्सन बगाएपछि १० टनभन्दा बढी भार भएका गाडीको आवागमन नै बन्द भएको छ। बाढीले गर्दा यसअघि चर्किएर जोखिमयुक्त बनेको विजयपुरको पक्की पुलमा लगाएको फलामको सपोर्ट समेत बगाएको छ। कार्यालयका सव–इन्जिनियर किरण सुवेदीले सातदेखि १० दिनभित्र बेलिब्रिज जडानको काम सम्पन्न गरेर पुल सञ्चालनमा ल्याइने बताए।

 

प्रतिक्रिया दिनुहोस्