आफ्नै घरमा आगो लगाउने व्यक्ति पक्राउ



अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका–७, लामाताल बस्ने २१ वर्षीय अनिल पुनलाई आफ्नै घरमा आगो लगाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

पुनले रक्सी खाएर घरमा आगो लगाउँदा घर जलेर नष्ट भएको हो । आगालागीबाट झण्डै ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

पुनलाई इलाका प्रहरी कार्यालय ठाडामा राखिएको र घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्