कहाँ पुग्यो जानकी मन्दिर सौन्दर्यीकरणको काम ? सम्झौता गरेर एनआरएन टाप !



जनकपुरधाम : जनकपुरधामस्थित जानकी नौलखा मन्दिर अहिले अस्तव्यस्त छ। मन्दिर सौन्दर्यीकरणका लागि मन्दिर परिसरमा तीन महिनादेखि राखिएका गिट्टी बालुवाले मन्दिर परिसर कुरूप नै देखिएको छ।  

प्रदेश सरकारको आर्थिक सहयोगमा जानकी मन्दिरको सौन्दर्यकरणका लागि तीन महिनाअगावै काम सुरु गरेको भए पनि कामले गति लिन भने सकेको छैन। जिम्मा पाएको ठेकेदार कम्पनी र महन्थप्रति स्थानीयले आलोचना गर्न थालेका छन्। 

वडा नम्बर ४ का कृपाशंकर लाल भन्छन, ‘जानकी दर्शन गर्न आउने देश विदेशका श्रद्धालुले मन्दिर परिसरको यो अवस्था देखेर के सोचेका होलान्? लाल प्रश्न गर्छन्, ‘मन्दिर अगाडिको प्रमुख भागको तत्काल निर्माण कार्य सम्पन्न गर्नु अति आवश्यक छ।’

मन्दिर परिसरको पूर्व र उत्तरपट्टि यत्रतत्र राखिएका निर्माण सामग्रीका कारण मन्दिर फोहरको डंगुरमा छ। श्रद्धालुलाई आउजाउ गर्न कठिन भएको सहजै देख्न सकिन्छ। 

स्थानीय जानकी चोक निवासी जितेन्द्र साहले जानकी मन्दिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनयता पर्यटकको संख्यामा वृद्धि भएको छ। तर, जनकपुर घुम्न आएका र मन्दिर आएका श्रद्धालु आसपासको हविगत हेरेर दिक्क मान्छन्। यसले जनकपुर र यस क्षेत्रको खिल्ली उडाएको स्थानीयको गुनासो छ। 

मन्दिर परिसरको पूर्व र उत्तरपट्टि यत्रतत्र राखिएका निर्माण सामग्रीका कारण मन्दिर फोहरको डंगुरमा छ। श्रद्धालुलाई आउजाउ गर्न कठिन भएको सहजै देख्न सकिन्छ। 

जनकपुरमा समय समयमा हुने महोत्सव र पूजापाठका कारण निर्माण कार्यहरु केही प्रभावित हुने गरेका सुपरभिजनको जिम्मा पाएको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, जनकपुर बताउँछ। डिभिजन प्रमुख भगवान झाले द नेपाल टपसँग कुरा गर्दै भने, ‘मन्दिरको चारैतिर ढल निकासको कार्य भएको र दक्षिण, पश्चिम र उत्तरपट्टि ढलानको कार्य भइरहेको छ।’

सौन्दर्यकरणको लगभग ३० प्रतिशत कार्य सम्पन भइसकेको भए पनि मुख्य द्वारसहित तीन ओटा आकर्षक गेट निर्माण हुन बाँकी रहेको सिनियर डिभिजनल इन्जिनियर झाले बताए। 

उनले १० दिनभित्र एउटा द्वार नमुनाका रुपमा लगाउने तयारी भइरहेको जानकारी दिए।

एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतोको उपस्थितिमा जानकी मन्दिर मान महन्थ रामतपेश्वर दास वैष्णव र संघका तत्कालीन वर्तमान अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

मंसिर तेश्रो साता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ आरम्भ गर्दै जानकी मन्दिर सौन्दर्यीकरणको काम आजैबाट आयोजना हुने बताएका थिए। 

८ करोडको उक्त आयोजनाअन्तर्गत जानकी मन्दिरमा मार्बल र ग्रेनाइट जडान, तीन मुख्यद्वार पुनर्निर्माण तथा ढलनिकास आदिको निर्माण भइरहेको छ।

‘क’ वर्गको निर्माण कम्पनी परेडा र आरजे रञ्जनलाई २०१९ डिसेम्बरसम्म काम सक्ने गरी साढे ६ करोडमा ठेक्का दिइएको थियो। 

निर्माणको सुरुवाती दिनमा मन्दिर परिसरमा रहेको पूजा सामग्रीका पसलहरु समयमै नहट्दा पनि कार्यमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएका छन्। 

मन्दिरभित्रको कार्य गराउँदै आएका स्थानीय ठेकेदार खुसीलाल ठाकुरले भने, ‘सौन्दर्यकरणको कार्य अब द्रुत गतिमा हुनेछ।’ मन्दिर बाहिर पूर्वपट्टिको पुरानो मार्बल हटाएर पुरातत्त्व विभागको सल्लाहअनुसारै नयाँ सेतो मार्बल लगाउने काम भएको ठाकुरले बताए। 

मन्दिर परिसरमा लाइट व्यवस्थानको आश्वासन दिएर, एनआरएन गायब

जानकी मन्दिरमा लाइट कसले लगाउने अन्योल देखिएको छ यतिबेला। २०७५ असार २५ गते गैरआवासीय नेपाली संघ (एनआरएन)ले जानकी मन्दिरमा पत्रकार सम्मेलन गर्दै मन्दिरमा बत्ती व्यवस्थानमा झन्डै तीन करोड रुपैयाँ सहयोग गर्ने बताएको थियो। तर उक्त कार्य कहाँसम्म पुग्यो एनआरएनले चासो दिएको छैन। 

एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतोको उपस्थितिमा जानकी मन्दिर मान महन्थ रामतपेश्वर दास वैष्णव र संघका तत्कालीन वर्तमान अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

स्थानीय मनीष झाको सहयोगमा एनआरएनका सल्लाहकारद्वय रामेश्वर साह एवं सुभाष अधिकारीको उपस्थितिमा तत्कालीन समयमा हस्ताक्षर भएको थियो। तर अहिले उनीहरु सम्पर्कमा नआएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले द नेपालटपलाई जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्