विप्लव समूहका २ कार्यकर्ता पक्राउ



डडेल्धुरा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका २ कार्यकर्ता पक्राउ परेका छन्। देशैभर विप्लव समूहले आफ्ना गतिविधि बढाइरहेका बेला डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउबाट ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराई पक्राउ परेका हुन्।

सोमबार बिहान इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक (इन्सपेक्टर) ईश्वरीदत्त पाण्डेयको नेतृत्वमा गएको टोलीले उनीहरूलाई गाउँबाटै नियन्त्रणमा लिन सफल भएको हो। विशेष सूचनाका आधारमा पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक पाण्डेयले बताए।

प्रतिक्रिया दिनुहोस्