विद्यार्थी बोकेको बस दुर्घटना, २६ जना घाइते



चितवन : भ्रमणबाट विद्यार्थी लिएर फर्किँदै गरेको बस आज बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो । 

दुर्घटनामा घाइते भएकाको अवस्था खतरा मुक्त रहेको बताइएको छ । उनीहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 

ना ६ ख ९३६६ नम्बरको बस गए राति १ः१५ बजे अनियन्त्रित भई पल्टिएको थियो । बसमा विद्यार्थी र शिक्षक गरी ३४ जना सवार रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्