images

जनकपुरमा स्थानीय र प्रहरीबीच झडप, स्थिति तनावपूर्ण 

घनश्याम मिश्र | प्रकाशित: २०७६-३-२४ गते
जनकपुरमा स्थानीय र प्रहरीबीच झडप, स्थिति तनावपूर्ण 

जनकपुरधाम : जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ।

जनकपुर अञ्चल अस्पतालको पूर्वपट्टि साविक बाटो कायम हुनुपर्ने भन्दै स्थानीयले विरोध गर्दा प्रहरीले जवरजस्ती कुटपिट र पक्राउ गर्न खोजेपछि दुवै समूहबीच तनाव उत्पन्न भएको हो । 

सो क्रममा स्थानीयवासीले प्रहरी र मेडिकल सुपरिटेन्डेन्टविरुद्ध नाराबाजीसमेत गरेका थिए। 

जनकपुर उपनमहानगरपालिका १० का वडाध्यक्ष मिथिलेष कर्णका अनुसार यहाँ साबिकमा पहिलेदेखि नै बाटो रहेको र उक्त विषयमा अस्पताल प्रशासनलाई समेत पत्र काटेर जानकारी गराई सककेको अवस्थामा पनि प्रहरी लगाएर यो बाटो तत्काल बन्द गर्नु गलत भएको बताए। 

अञ्चल अस्पताल पूर्वतिर  ४ देखि ६ फिटसम्म पैदल आवतजावत गर्ने बाटो रहेको स्थानीयवासीले द नेपालटपलाई जानकारी दिएका छन्। 

प्रशासनले बल प्रयोग गरी स्थानीयमाथि धरपकड गरे परिणाम नराम्रो हुने वडासदस्य मीनादेवी साहले चेतावनी दिएकी छन्।
साहले जन प्रतिनिधिको उपस्थितिमा स्थानीय प्रशासनले प्रमुख जिल्ला अधिकारी र स्थानीय जिल्ला प्रहरी प्रमुखको इसारामा बल प्रयोग गर्न खोजिएको आरोप लगाइन्।

अस्पतालको नयाँ भवन बन्न लाग्दा स्थानीयलाई अस्पताल प्रशासनको आग्रहमा उक्त बाटो केही समयका लागि बन्द गरिएको स्थानीय सुभाष अधिकारीले बताए।  

उता अस्पतालको आग्रहमा सुरक्षालाई ध्यानमा राखेर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीले जनाए। तर कार्कीले अस्पताल परिसरमा कुनै किसिमको झडप नभएको बताएका छन्। 

घनश्याम मिश्र

विशेष संवाददाता

images
images
images
सम्बन्धित समाचार

बाढी पीडितलाई सेफ द माइन्ड र सामर्थ्य नेपालद्वारा राहत वितरण

बाढी पीडितलाई सेफ द माइन्ड र सामर्थ्य नेपालद्वारा राहत वितरण

जनकपुर : सेफ द माइन्ड र सामर्थ्य नेपालले धनुषाको जनकनन्दनी गाउँपालिकाका बाढी पीडितलाई राहत वितरण गरेका छन्।..

गढीमाइका बाढी पीडितलाई नेविसंघको राहत

गढीमाइका बाढी पीडितलाई नेविसंघको राहत

बारा: नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घले बाढी पहिरो तथा डुबान पीडितका लागि राहत वितरण गरेको छ ।..

विप्लव समूहको गतिविधि अस्पष्ट, प्रतिबन्धको निर्णय गैर राजनीतिक

विप्लव समूहको गतिविधि अस्पष्ट, प्रतिबन्धको निर्णय गैर राजनीतिक

जनकपुर : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन बैद्य ‘किरण’ ले विप्लव समूहको अहिलेको ग..

प्रदेश २ को सर्वङ्गिक विकासको मूल्यांकन हुन्छ : राजकिशोर यादव

प्रदेश २ को सर्वङ्गिक विकासको मूल्यांकन हुन्छ : राजकिशोर यादव

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले प्रदेश २ को सर्वङ्गिक विकासको..

तिर्थालु बोकेको पिक अप भ्यान दुर्घटना ,२९ जना घाइते

तिर्थालु बोकेको पिक अप भ्यान दुर्घटना ,२९ जना घाइते

महोत्तरी : महोत्तरीको बर्दिबासमा तिर्थालु बोकेको पिक अप भ्यान दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । भारतीय तिर्थाल..

गोली लागेको अवस्थामा बारामा एक युवकको शव फेला 

गोली लागेको अवस्थामा बारामा एक युवकको शव फेला 

वीरगन्ज : बाराको सुवर्णमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । गाउँपालिका १ बगहीमा अज्ञात समूहको गोली..