झापामा मामाद्वारा भान्जी बलात्कृत



भद्रपुर : झापाको शिवसताक्षी नगरपालिकामा मामाद्वारा भान्जि बलात्कृत भएकी छिन् । बलात्कारपछि स्वास्थ्य अवस्था कमजोर भएपछि बालिकाले सबै कुरा आमालाई सुनाएकी थिइन् । बालिकाले आमालाई जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।  

करणी गर्ने मामा अहिले प्रहरी हिरासतमा छन्।

त्यस्तै असार २ गते आफ्नै घरमा भाडामा बस्ने १७ वर्षकी किशोरीलाई १ वर्षदेखि अनेक धम्की दिएर ५५ वर्षीय विष्णु खड्काले बलात्कार गर्दै आएको खुलासा भयो । घटना बाहिर आएपछि उनी अहिले फरार छन् । यो झापाका प्रतिनिधि घटना हुन् । 

जिल्लामा हुने अधिकांश बलात्कारका घट्नामा चिनेजानकै मानिसबाट बढी हुने देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

त्यस्तै ४ वर्षीया बालिकादेखि ७७ वर्षीय वृद्धासम्म बलात्कारको सिकार हुने गरेका छन् । झापामा गत असारदेखि १ सय २७ वटा बलात्कार सम्बन्धित उजुरी दर्ता भएका प्रहरीले जनाको  । 

ती मध्ये चिनजान गरेकै व्यक्तिबाट बलात्कृत १ सय १४ जना, नजिकका आफन्तबाट ११ जना र अपरिचितबाट २ जना रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय झापाले ५६ जनालाई पूर्पक्षको लागि थुनामा पठाएको छ । १ सय २३ जना पक्राउ परेका छन् । १७ जना बलात्कार आरोपि फरार छन् । 

नजिककै मानिसबाट जवरजस्ती करणी बढी हुने भएकाले अधिकांश घटना घर भित्रै हुने गरेको प्रहरीको भनाइ छ । नाता सम्बन्ध भित्र भएका घटना बाहिर आएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्