सहवास गर्न नमानेपछि पत्नीले काटिदिइन् पतिको लिंग



काठमाडौं : युगान्डामा एक महिलाले आफूसँग यौनकर्म गर्न नमान्ने पतिको लिंग छिनाइदिएकी छन्। ती महिलाले अत्यधिक मदिरा सेवन गर्ने गरेकाले सजायस्वरूप पतिले यौन गर्न छोडेका थिए। 

बीएट्रिस एसेन नामक महिला जुन ३० काे राति १० बजे मातेर घर आइन्। अनि पति मोसेस ओकोटलाई ‍आफूसँग सहवासका लागि अनुराेध गरिन्। 

ओकोटचाहिँ दिनभरि जनावरको शिकार गरेर घर आएका थिए। थाकेको सुरमा उनी खाना खाएर सुतिरहेका थिए। सुतेकै अवस्थामा बीएट्रिसले पतिमाथि आक्रमण गरिन्। पति उठ्दा उनको प्यान्ट रगतले भिजिसकेको थियो। घटनापछि एसेन फरार रहेको डेली मोनिटर पत्रिकाले लेखेको छ। 

पत्नीले अत्यधिक रक्सी पिउने भएकाले सजाय दिनलाई उनले पहिला पनि यौन गर्न नमानेको र त्यही रिसको सुरमा उनले आफ्नो लिंग काटिदिएको हुनुपर्ने पतिको भनाइ छ। ‘पतिका रूपमा म उसको रक्सी पिउने बानी सहेर बस्न सक्दिन थिएँ। त्यसैले मैले उनीसँग सेक्स नगर्ने निर्णय लिएँ। उनी सुध्रिएलिन् भनेर यसो गरेको थिएँ,’ मोजेजले भने। 

यसअघि पनि यौन गर्न नमान्दा पत्नीले आफूमाथि भौतिक आक्रमण गरेको मोजेजले बताए। गाउँका अध्यक्षले पनि भने, ‘पोहोर साल उनले पतिको कुमको हाड भाँचेर भागेकी थिइन्।’

गाउँमा घरेलु हिंसा व्यापक रहेको अध्यक्षले बताए। महिला तथा पुरुष दुवैले अत्यधिक मदिरा सेवन गर्ने गरेको उनको भनाइ छ। मोजेजको उपचार अपाक अस्पतालमा भइरहेको छ। प्रहरीले बीएट्रिसलाई खोजिरहेको छ।

प्रतिक्रिया दिनुहोस्