images

जनकपुरमा किशोरीको रहस्यमय मृत्यु, जलाइरहेको ठाउँमा प्रहरी पुगेपछि भागाभाग

लास छाडेर मृतकका बुवासमेत भागेपछि...
घनश्याम मिश्र | प्रकाशित: २०७६-३-२४ गते
जनकपुरमा किशोरीको रहस्यमय मृत्यु, जलाइरहेको ठाउँमा प्रहरी पुगेपछि भागाभाग

जनकपुरधाम : झुन्डिएर मृत्यु भएकी एक युवतीको शव प्रहरीले जलाउनबाट रोकेपछि मलामीहरुकाे भागभाग भएकाे छ। 

जिल्लाको सबैला नगरपालिका १ की १४ वर्षीया पिंकी कुमारी यादवले आत्महत्या गरेकी भन्दै परिवारले उनको शव जलाउन लागेको थियो। तर, घटना शंकास्पद भएको र घटनाबारे आफूहरुलाई जानकारी नगराएको भन्दै प्रहरीले जल्दै गरेको लास चिताबाट निकालेको थियो। प्रहरीले शवलाई नियन्त्रणमा लिएर निकालेपछि मलामी गएकाहरू भागाभाग गर्न थालेका थिए। 

गएराति ती किशोरीको शव घरमै झुन्डिएको अवस्थामा फेला परेको थियो। आफन्तहरुले लुकीछिपी लास जलाउन खोजेको भन्दै प्रहरीको शव जलाउनबाट रोकेका थिए।स्थानीय सत्रुधन यादवकी छोरीको मृत्यु रहस्यमय भएको भन्दै धनुषा प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। 

मृतक पिंकीका बुवाआमालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना अनुसन्धान क्रममा अन्य पाँच जनालाई पनि प्रहरीले पक्राउ गरेको सबैला प्रहरीले द नेपालटपलाई जानकारी गराएको छ। 

सोमबार अबेर राति झुन्डिएको अवस्थामा फेला परेकी पिंकीलाई उनका परिवारसहित आफन्तले गाउँभन्दा २ किमि उत्तर दिशामा जलाउन खोजेका थिए। गस्तीमा रहेको प्रहरी टोलीले धूवाँ पुताइरहेको देखेपछि गएर सोध्दा यसबारे थाहा पाएको थियो। पछि शव जलाउन आएका मलामी शव छोडेर भागेका प्रहरीले बताएको छ। 

प्रहरीले दिएको जानकारी अनुसार घटनापश्चात् मृतकका बुवा यादवसमेत फरार भएका थिए। मंगलबार बिहान शवलाई पोष्टमार्टमका लागि अञ्चल अस्पताल जनकपुर लगिएको छ। 

हत्या या आत्महत्या के हो यकिन हुन नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषा र स्थानीय सबैला प्रहरीले संयुक्त रुपमा अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।

घनश्याम मिश्र

विशेष संवाददाता

images
images
images
सम्बन्धित समाचार

बाढी पीडितलाई सेफ द माइन्ड र सामर्थ्य नेपालद्वारा राहत वितरण

बाढी पीडितलाई सेफ द माइन्ड र सामर्थ्य नेपालद्वारा राहत वितरण

जनकपुर : सेफ द माइन्ड र सामर्थ्य नेपालले धनुषाको जनकनन्दनी गाउँपालिकाका बाढी पीडितलाई राहत वितरण गरेका छन्।..

गढीमाइका बाढी पीडितलाई नेविसंघको राहत

गढीमाइका बाढी पीडितलाई नेविसंघको राहत

बारा: नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घले बाढी पहिरो तथा डुबान पीडितका लागि राहत वितरण गरेको छ ।..

विप्लव समूहको गतिविधि अस्पष्ट, प्रतिबन्धको निर्णय गैर राजनीतिक

विप्लव समूहको गतिविधि अस्पष्ट, प्रतिबन्धको निर्णय गैर राजनीतिक

जनकपुर : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन बैद्य ‘किरण’ ले विप्लव समूहको अहिलेको ग..

प्रदेश २ को सर्वङ्गिक विकासको मूल्यांकन हुन्छ : राजकिशोर यादव

प्रदेश २ को सर्वङ्गिक विकासको मूल्यांकन हुन्छ : राजकिशोर यादव

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले प्रदेश २ को सर्वङ्गिक विकासको..

तिर्थालु बोकेको पिक अप भ्यान दुर्घटना ,२९ जना घाइते

तिर्थालु बोकेको पिक अप भ्यान दुर्घटना ,२९ जना घाइते

महोत्तरी : महोत्तरीको बर्दिबासमा तिर्थालु बोकेको पिक अप भ्यान दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । भारतीय तिर्थाल..

गोली लागेको अवस्थामा बारामा एक युवकको शव फेला 

गोली लागेको अवस्थामा बारामा एक युवकको शव फेला 

वीरगन्ज : बाराको सुवर्णमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । गाउँपालिका १ बगहीमा अज्ञात समूहको गोली..