सरकारले सर्वसत्तावाद लाद्न खोज्यो: कांग्रेस नेता खाँड



जनकपुरधाम : नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले वर्तमान दुई तिहाइको सरकारले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् । बुधवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता खाँडले वर्तमान सरकार ज्ञानेन्द्र पथमा हिँडेकोले पाँच वर्षसम्म नटिक्ने ठोकुवा समेत गरे ।

उनले वर्तमान सरकार आफ्नै आन्तरिक समस्यामा अल्झिएका कारण जनभावना अनुरूप काम हुन नसकेको जिकिर गरे । 

वर्तमान सरकारको कार्य शैलीलाई सूक्ष्म रूपले अध्ययन गरिरहेको उनको भनाई थियो । ’हाम्रो विश्लेषणमा यो सरकार संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्न पूर्ण रूपले असफल भएको  छ ।’ उनले भने, अबको पाँच वर्ष सम्म यो सरकार चल्दैन लेखेर राख्नुस् ।’

प्रतिपक्षको रूपमा काँग्रेसले आफ्नो कमी कमजोरी सच्याउँदै संघ, प्रदेश र स्थानीय सबै संसद्मा जनताको भावना अनुकूल प्रस्तुत हुने बताएका छन् । काँग्रेसले छिटै ७ सय  ५३ निकायमा छाया सरकार गठन गरी कार्यअघि बढाउने पनि उनले स्पष्ट पारे ।

नेता खाँड मंगलवार साँझ जनकपुर पुगेका हुन् ।  

प्रतिक्रिया दिनुहोस्