तीन वर्षदेखि हराएका पति जब टिकटकमा भेटिएपछि…



काठमाडाैं : भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा फेला पारेपछि उनीहरूको पुनर्मिलन भएको छ। प्रहरीले ती पुरूष सन् २०१६ मा भागेको र त्यसपछि उनी तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको जनाएको छ।

पत्नीका एकजना नातेदारले ती पुरुषलाई भिडियाेमा तेस्रोलिङ्गीसँग सबैभन्दा पहिले फेला पारेपछि प्रहरीको खोजी सुरु भएको थियो। प्रहरीले अहिले ती दम्पतीलाई परामर्श दिएको जनाएको छ। प्रहरीले ती पुरुष सुरेशलाई दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा फेला परेका थिए। जुन ठाउँ उनकी पत्नी बस्दै आएको विलुपुरम जिल्लाभन्दा २०० किलोमिटर टाढा पर्छ।

प्रहरीले भने, ‘हामीले उक्त जिल्लामा तेस्रोलिङ्गी सङ्गठनमा सम्पर्क गरेपछि फोटोमा देखिएको ती तेस्रोलिङ्गी महिलाको पहिचान गर्न सहयोग पायौँ।’ पत्नीले त्यसअघि पति हराएको निवेदन दर्ता गरेकी थिइन् तर त्यसबेला उनलाई पत्ता लग्न सकेकाे थिएन्।

टिकटक एप भारतमा निकै प्रचलित छ। भारतमा यसकाे १२ करोड प्रयोगकर्ता छन्। तर नराम्रा विषयहरूको प्रचारमा सहयोगी हुने भन्दै त्यसको कतिपयले आलोचना पनि गर्छन्।

अश्लील सामग्री फैलाउन प्रयोग भइरहेको भन्ने चिन्तालाई लिएर तमिलनाडुस्थित एउटा अदालतले अप्रिल महिनामा गुगल एप स्टोरबाट टिकटक हटाउन आदेश दिएको थियो। तर एक हप्तापछि उक्त प्रतिबन्ध हटाइएको थियो।

स्राेत : बीबीसी

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौ : टर्कीमा जारी विश्वका कम्युनिस्ट पार्टीहरूको २१ औ सम्मेलनमा विश्वका कम्युनिष्टहरुले नेपाली कम्युनिष्टहरुले अवलम्वन

काठमाडौ : मुलुक संघीयतामा गएसँगै गुणस्तरहीन निजामित कर्मचारीको भार घटाउन कर्मचारीको कटौती गर्ने गृहकार्यमा जुटेको

म्यान्मा : राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले आज यङ्गोनस्थित श्वेगादोन पेगोडाको अवलोकन गरेको छ

काठमाडौं : विनासेवासुविधा काम गर भन्ने आशयको संवैधानिक अदालतद्वारा जारी आदेश अनुचित भएको भन्दै प्रदेश

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुमार्गको यही कात्तिक ४ गते उद्घाटन गर्ने

काठमाडौं : अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम

विराटनगर : छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको

काठमाडौ : सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्‍याएपछि उनीहरुको सेवा

काठमाडौं : नेकपाका नेता तथा मन्त्रीहरु आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेसँगै ‘छ माया छपक्कै’को विशेष

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । बिहीबार

काठमाडौं : आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत