इटहरीका मेयर चौधरीले लगाए आफ्नै कम्पाउण्डमा डोजर



इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन्।

वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उनको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि मंगलबार आफैं उपस्थित भएर पर्खाल भत्काउन लगाएका हुन्।  

प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाएका थिए। उनले पहिले आफ्नो घरको परिसरको पर्खाल भत्काएर अभियान चलाउन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्