सत्य खुलाउन पुस्तक



प्रथम महिला प्रधान न्यायाधीशको रूपमा बढी चिनिएकी सुशीला कार्कीका जीवनमा पनि थुप्रै उतारचढाव आए । उनी न्यायालयमा हुँदा महाअभियोगदेखि विभिन्न जटिल विवादमा मुछिइन् ।  राष्ट्रिय राजनीति नै तानिएका ती मुद्दामा उनी प्रश्नै प्रश्नको केन्द्रबिन्दुमा रहिन् । तिनै प्रश्नहरूको न्यायोचित जवाफ दिन सुशीलाले यति बेला आत्मकथा ‘न्याय’ ल्याउने भएकी छन् । बुकहिल पब्लिकेसनले मंगलबार पत्रकार सम्मेलन गरेर सुशीलाको पुस्तक भदौ अन्तिम साता सार्वजनिक गर्न लागेको जानकारी दिएको छ ।

सुशीलाले आफूले आत्मकथा निकाल्नुुको कारण अरूलाई प्रेरणा दिन भएको उल्लेख गरेकी थिइन् । ‘आफूले भोगेको कुरा आफैंसँगै दबाएर राख्नुभन्दा खुला किताबमा ल्याउन सके आउने पुस्तालाई शिक्षा प्रदान हुन्छ,’ सुशीलाले भनिन् ।

पुस्तकमा उनले बाल्यकालदेखि आफू हुर्केको, बढेको र न्याय क्षेत्रमा बिताएका ४० वर्षका गतिविधिसमेत समेटेको बताइन् । पहिलो भागचाहि उनले प्रधानन्यायाधीश छँदा लागेको महाअभियोगको प्रस्ताव खण्ड रहेको छ । त्यसपछि मात्रै बाल्यावस्था उजागर गरेको उनले खुलाइन् । ‘पुस्तकमा मैले लेखेका सबै कुरा सत्य छन्,’ उनले भनिन्, ‘महाअभियोगजस्ता विवादको सत्य बताउन पनि मैले पुस्तक लेख्नै पर्‍यो ।’

पुस्तक निकाल्नुभन्दा अघि उनलाई द्विविधा रहेछ । गोपनीयताको कुरा खुल्छ कि भन्ने संवेदनशीलता उनमा थियो । तर, खराब कुराको गोपनीयता हँुदैन भन्ने ठहर गर्दै उनले पुस्तक निकाल्ने सोच बनाएकी हुन् ।

न्यायालयभित्रका थुप्रै कमीकमजोरी औंल्याउनु, आफ्नो पालामा कस्ता मुद्दा आए र तिनीहरूको न्यायोचित समाधान कसरी गरियोजस्ता विषय पुुस्तकमा समेटेको सुशीलाले बताइन् ।

लोकमान प्रकरण र फास्ट ट्रयाकदेखि १० वटा जटिल मुद्दा सल्टयाउन निकै ठूलो साहस जुटाउनुपरेको अनुुभव सुशीलाले पुस्तकमा ल्याएकी छन् । गंगामाया अधिकारी र डा। गोविन्द केसीको कार्यक्रममा न्यायाधीश बोल्दा आएको विवाद कोटयाउँदै सुशीलाले एउटा न्यायाधीश मानवअधिकारको पक्षमा बोल्न र बुुझ्न पाउने कि नपाउने भन्ने विचार राखेकी छन् ।

केही साताअघि मात्रै उनका पति एवं राजनीतिज्ञ दुुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’ प्रकाशनमा आएको थियो । यद्यपि सुशीलाले आफ्नो पुस्तकमा दुुर्गाका अनुुभव नजुध्ने गरी प्रकाशन गरिने दाबी गरिन् । ‘यो मेरो निजी अनुुभवको दस्तावेज हो,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

स्याङ्जा : स्याङ्जाको दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ । ५८

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना