बेलायती प्रधानमन्त्री र राजदूतलाई ट्रम्पले ‘मूर्ख’ भनेपछि…



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती नेताहरुबीच आरोप प्रत्यारोप शुरु भएको छ । अमेरिकाका लागि बेलायती राजदूतको इमेल सार्वजनिक भएसँगै उनीहरुबीच आरोप प्रत्यारोप शुरु भएको हो ।

बेलायती विदेशमन्त्री जेरेमी हन्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत र प्रधानमन्त्री टेरिसा मेप्रति ‘अनादर’ देखाएको बताएका छन् ।

इमेल सार्वजनिक प्रकरणलाई लिएर वाशिङ्टनका लागि बेलायती राजदूत सर किम डार्कलाई ट्रम्पले पटमुर्ख मानिस भनेपछि हन्टको प्रतिक्रिया आएको हो ।

ट्रम्प प्रशासन प्रभावकारी नरहेको भनी टिप्पणीसहितका इमेलहरू सार्वजनिक भएपछि ट्रम्पले शृङ्खलाबद्ध ट्वीटमार्फत् ब्रिटिश राजदूतको आलोचना गरेका थिए । उनले युरोपेली सङ्घबाट ब्रिटेन औपचारिक रूपमा बाहिरिने ब्रेक्जिट प्रक्रिया सम्हाल्ने प्रधानमन्त्री मेको तौरतरिकाको पनि आलोचना गरेका थिए । यसै विषयलाई लिएर यी दुवै देशबीच आराेप-प्रत्याराेप जारी छ ।

प्रतिक्रिया दिनुहोस्