राजधानीमा बसभित्रै यसरी लुटिए यात्रु



काठमाडौं : कलंकीबाट ललितपुर बालकुमारीतर्फ बा.४ ख ८६४८ नम्बरको बसमा जाने क्रममा ललितपुर महालक्ष्मी नगरपालिका-१४ बस्ने प्रविण कुमार शाहको ५० हजार रुपैयाँ मंगलबार बिहान लुटपाट भएको छ । 

प्रविणलाई अपरिचित व्यक्तिहरुले कुटपिट गरी साथमा रहेको उक्त नगद लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त बस र चालकलाई गोंगबुबाट नियन्त्रणमा लिई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाएको छ ।

प्रविणको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । लुटपाटमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ

प्रतिक्रिया दिनुहोस्