images

असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई राम्रो र के गर्नु हुँदैन् ?

द नेपालटप | प्रकाशित: २०७६-३-२५ गते
असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई राम्रो र के गर्नु हुँदैन् ?

काठमाडौं : असार ३१ गते खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

मंगलबार आषाढ शुक्ल पूर्णिमाका दिन लाग्ने ग्रहणले राति १ : ४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरेलले जानकारी दिए । ३ : १५ मा ग्रहणको मध्यकाल हुनेछ । ४ : ४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए ।

उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने र  दुई राशिले ग्रहण हेर्न नहुने शास्त्रीय विश्वास छ । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्नु नहुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

कर्कट, तुला, कुम्भ र मीन राशि भएकाले भने ग्रहण हेर्न हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ हुनुकासाथै दीक्षा लिन पनि उत्तम मानिन्छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । 

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहनुभएका गौतमले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । असार ३१ गते दिउँसो ४ः  ४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यताअनुसार भोजन निषेध गरिएको छ ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

आजको राशिफल : साउन ७ गते, मंगलबार 

आजको राशिफल : साउन ७ गते, मंगलबार 

आज- ०७ साउन २०७६ मंगलबार, इ.स. २०१९ जुलाई २३। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्द..

एक वर्षमा दुर्घटनामा परी ६१ जनाको मृत्यु

एक वर्षमा दुर्घटनामा परी ६१ जनाको मृत्यु

तनहुँ : आर्थिक वर्ष ०७५/७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा &..

साउने सोमबारको व्रत किन बस्ने ? यस्तो छ धार्मिक महत्व

साउने सोमबारको व्रत किन बस्ने ? यस्तो छ धार्मिक महत्व

काठमाडौं : साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने..

रामजानकी मन्दिर नजिकै भारतीय नागरिकको घाँटी रेटी हत्या

रामजानकी मन्दिर नजिकै भारतीय नागरिकको घाँटी रेटी हत्या

सुनसरी : जिल्लाको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भार..

छोराद्वारा बुवाको हत्या, आमा गम्भीर घाइते  

छोराद्वारा बुवाको हत्या, आमा गम्भीर घाइते  

धनगढी : कैलालीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । उनले धारिलो हतियार प्रयोग गरी बुवाको हत्या गरेका हुन् ।..