स्पेनमा साँढे दौड हेर्नुहाेस् ७ वटा तस्विरमा



उत्तरी स्पेनको पम्प्लोना क्षेत्रमा शनिबारदेखि विश्वभरका १० औं लाख मानिस आइपुगेका छन्। नभर्रा सहर मात्रैको जनसंख्या यस बेला १० गुणाले बढेको छ। कारण हो, स्पनेको विश्वप्रसिद्ध बुलफाइट हेर्न वा सहभागी हुनेको भीड।

बुलफाइट हेर्न आएका लाखौँ पर्यटकमध्ये २० हजारले अझ परम्परागत रातो र सेतो लुगा लगाएर साँढेको अगाडि–अगाडि दौडन्छन्। पर्व हो, सान फर्मिनको साँढेदौड। यसलाई स्थानीय भाषामा इनसिएर्रो भनिन्छ। सो पर्वअन्तर्गत आठ दिन यसरी साँढेदौड गराइन्छ।

हरेक दिन बिहान ८ बजे आतिसबाजी गरेर गेट खोलिएको जानकारी दिइन्छ, दोस्रोपटक आतिसबाजीले ६ वटा साँढे छोडिएको जानकारी दिइन्छ। तेस्रो आतिसबाजीले सबै साँढे रिङमा फर्केको र चौथोले कार्यक्रम सकेको जानकारी दिन्छ। यो सबै कार्यक्रम हुन्छ, मात्र अढाइ मिनेटभित्र।

रिसाएका साँढे र अघिअघि दौड्ने पर्यटकहरू पुरानो सहरको चारवटा मूलसडकमा ८७५ मिटर दौडन्छन्। उक्त दौडका क्रममा यसपटक एकजना सिंगले लागेर र अन्य तीनजना दौडने क्रममा घाइते भएका छन्। सन् १९१० देखि हालसम्म पाम्प्लोनाको यस साँढेदौडमा १५ जनाको मृत्यु भएको तथ्यांक छ।

फोटोहरू : अल्भारो बारिएन्टोस, एपी/रासस र एन्डर गिल्लेनिया, एएफपी/रासस

 

प्रतिक्रिया दिनुहोस्