भाेजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच भिडन्त, प्रहरीकाे मृत्यु



काठमाडौं : भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द नेतृत्वकाे समूह र प्रहरीबीच गोली हानाहान भएकेा छ। घटनामा दुई जनाकाे मृत्यु भएकाे जानकारी आएकाे छ। 

मृत्यु हुनेमा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई भएको भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले बताए। उनले भने, ‘भोजपुर बजारनजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा प्रहरीतर्फ एक जवानको मृत्यु भएको छ, मुसलधारे पानी परेकाले घटनास्थलमा जान सक्ने अवस्था छैन।’ 

बुधबारे घटियामा दोहोरो भिडन्त भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए। अहिले दुवै जनाको शव भोजपुर जिल्ला अस्पतालमा राखिएको छ।  विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको खुल्न आएको छ। प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ। प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ। प्रदेश नम्बर १ प्रहरीले थप मद्दतका लागि टोली पठाएको छ। 

प्रतिक्रिया दिनुहोस्