मेसिनले च्यापेर एक नेपालीको मृत्यु



कोरिया : मेसिनले च्याप्दा एक नेपालीको मृत्यु भएको छ ।पाँचथरको फिदिम नगरपालिका साबिक चोकमागु स्थाई घर भएका राजेश तुम्बापो लिम्बुको मृत्युु भएको नेपाली दुतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले जानकारी दिए ।

 

इपिएस मार्फत करिब २ बर्ष अघि कोरियामा गएका लिम्बु छाल्लाबोक्दो यांजी स्थित एक प्लास्टिक कम्पनीमा कार्यरत थिए । काम गरिरहेको बेला मेसिनले च्याप्दा लिम्बुको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्