अत्यधिक वर्षाका कारण अमेरिकाकाे राजधानी डुब्याे !



काठमाडाैं : अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक वर्षाका कारण डुबान भएको छ। वासिङ्टन डिसी र यस आसपासमा अत्याधिक वर्षाका कारण डुबान हुनुका साथै विद्युत र यातायात सेवा अवरुद्ध भएको हो।

राष्ट्रिय मौसम सेवा कार्यालयले उक्त क्षेत्रमा बाढी आउने चेतावनी समयमै दिएकाले बाढीको कारण मानवीय क्षति भने भएको छैन।

बाढीबाट सडक तथा घरहरु डुबेका छन्। अमेरिकाको राजधानीमा रहेको रोनाल्ड रेगन विमानस्थलमा ३.३ इन्चसम्म पानी भरिएकाले विमान सेवा पनि प्रभावित भएको थियो। रेल सेवा पनि प्रभावित भएको अधिकारीहरुले जनाएका छन्। अचानक आएको वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस समेत पानीबाट प्रभावित भएको थियो। त्यसैगरी महत्वपूर्ण दस्तावेज रहेको कार्यालय पनि बाढीमा परेको जनाइएको छ।

सुरक्षाकर्मी र उद्धारकर्ताहरूले बाढीमा परेकालाई उद्धारको प्रयास गरिरहेका छन्। कतिपय प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्