लगातार वर्षाले भारतमा बाढी, कयौँ बेपत्ता



काठमाडाैं : ढिला गरी सक्रिय भएको मनसुनका कारण भारतका विभिन्न राज्यको जनजिवन प्रभावित भएको छ।

पछिल्लो केही दिनयता लगातार रुपमा भइरहेको वर्षाका कारण अरुणाञ्चल प्रदेशमा बाढी आउँदा कैयौँ मानिस बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यस्तै महाराष्ट्रको रत्नगिरी तिवरेको बाँध गत हप्ता भत्कँदा २० जनाभन्दा बढीको मृत्यु भएको छ। साथै केही मानिस बेपत्ता भएको पनि बताइएको छ। पछिल्लो आठ दिनदेखि उक्त क्षेत्रमा हराइरहेकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्। उता उत्तराखण्डमा गंगा नदीको जलस्तर खतराको निशाना नजिक पुगेको छ।

भारतीय मौसम विभागले गंगा नदीमा पानीको स्तरले चाँडै नै खतराको निशाना पार गर्ने जनाएको छ। उत्तराखण्डमा आगामी पाँच दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

विपद व्यवस्थापनका लागि प्रशासनले पूर्वतयारी गरिसकेको जनाएको छ भने उद्धार दललाई सतर्क अवस्थामा राखेको छ।

प्रतिक्रिया दिनुहोस्