४ केजी चरेससहित भारतीय नागरिक पक्राउ 



वीरगन्ज : ४ केजी लागू औषध चरेससहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी पर्साले पक्राउ गरेको छ। वीरगन्ज भन्सारको सुरक्षा तथा गस्तीमा खटिएको सशस्त्र प्रहरी बलको गस्ती टोलीले भारत बिहारका हसमुल्ला अन्सारीलाई ४ केजी चरेसहित पक्राउ गरेको हो।

अन्सारीलाई नेपालबाट चरेस खरिद गरी झोलामा लुकाइ छिपाइ भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका अन्सारीलाई आवश्यक कारबाहीका लागि पर्सा प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले बताए।

प्रतिक्रिया दिनुहोस्