धनुषामा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई पक्राउ



धनुषा : धनुषाको सबैला नगरपालिका ८ ठिल्लामा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । 

मंगलबार राति १०ः३० बजे घरमै सुती रहेकी बालिकालाई घरको ढोका खोलेर घरभन्दा ५ सय मिटर पर गढी गाछी भन्ने स्थानमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय सवैलाले जनाएको छ ।

बालिकामाथि बलात्कार भएको सबैला प्रहरीले पुष्टि गरेको छ । साथै बलात्कारमा संलग्न दुई जनालाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही ठाउँका ३७ वर्षीय मनिवुल राइन र ३० वर्षीय मदिक राइन रहेका छन् । बलात्कारमा मनिवुल र मदिकको संलग्ना रहेको पीडित बालिकालाई उद्धृत सबैला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले जानकारी दिएका छन् ।

प्रहरीले उनीहरुलाई ठिल्ला गाउँको पूर्व तिर भाग्दै गर्दा ज४प ४३०२ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । 

पीडित बालिकालाई मेडिकलका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सबैला नगरपालिका १ की १४ वर्षीया पिंकी कुमारी यादवको पनि सोमबार राति झुण्डिएको अवस्थामा फेला परेको थियो । घटना शंकास्पद भएको र घटनाबारे आफूहरुलाई जानकारी नगराएको भन्दै प्रहरीले जल्दै गरेको लास चिताबाट निकालेर नियन्त्रणमा लिएको थियो । 

प्रहरीले शवलाई नियन्त्रणमा लिएर निकालेपछि मलामी गएकाहरु भागाभाग गर्न थालेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्