पोखरा फाइनान्सले १४ प्रतिशत लाभांश दिने



काठमाडौँः पोखरा फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको २२औँ वार्षिक साधारणसभाले आव २०७४÷०७५ को नाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

साधारणसभाले नगद लाभांश ८.६८ प्रतिशत तथा बोनस सेयर ५.५ प्रतिशत दिन लागेको हो । संस्थाले तनहुँ, लमजुङ, रुपन्देही, काठमाडौं, स्याङ्जा, नवलपरासी, चितवन तथा कास्कीमा गरी १४ शाखा कार्यालय सञ्चालनमा आइसकेको जनाएको छ ।

निकट भविष्यमा नै चितवनको शारदानगर, गोरखाको पालुङटार, रुपन्देहीको बुटवल तथा कास्की पोखराको बाँझापाटन शाखासमेत सञ्चालनमा आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्