श्रीमानको हत्या गरी फरार महिला २ महिनापछि पक्राउ



सुनसरी : सुनसरीमा श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ गरेकी छन्। मध्यराति घरमा निदाइरहेका श्रीमानको हत्या गरेको अभियोगमा इनरुवा–७ की विमला ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो। गत वैशाख ८ गते राति इनरुवा नगरपालिका–७ मुसहर टोलका २४ वर्षीय मुकेश ऋषिदेवको हत्या गरेको आरोपमा उनकी श्रीमती विमलालाई प्रहरीले पक्राउ गरेको हो।

घटनापछि फरार विमलालाई दुई महिनापछि प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी घटनापछि भारतको विहार राज्यको सपौल जिल्लामा बस्दै आएकी थिइन्। विमलाको खोजीमा सक्रिय रहेको प्रहरीले मंगलबार नेपाल प्रवेश गरेको गोप्य सूचनाका आधारमा उनलाई इनरुवाबाटै पक्राउ गरेको रिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए 

श्रीमानसँगको आन्तरिक झगडाका कारण विमलाले धारिलो हतियार प्रहार गरी मध्यरातमा श्रीमानको हत्या गरी फरार रहेको एसपी पोखरेलले बताए। विमलालाई प्रहरीले बुधवार सार्वजनिक गरेको छ। विमलाले रिसइबीका कारण श्रीमानको हत्या गरेको प्रहरी समक्ष वयान दिएकी छन्।

विमलाले श्रीमानसँग दैनिक झगडा हुन थालेपछि निदाएको मौका छोपेर मध्यरातमा धारिलो हतियार प्रहर गरी हत्या गरेको स्वीकार गरेकी छन्। विमलाविरुद्ध कर्तव्य ज्यान ऐन अन्र्तगत मुद्दा दर्ता गरी बुधवार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाइएको एसपी पोखरेलले बताए।

 

प्रतिक्रिया दिनुहोस्