नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा समस्या



 

काठमाडौं  :   नेपाल टेलिकमको पोस्टपेड मोवाईलमा सेवामा समस्या आएको छ । 

 

नेपाल टेलिकमका अनुसार सिस्टममा आएको खराबीका कारण समस्या आएको हो । पोष्टपेड मोवाइल सेवाग्राहीका अनुसार बुधबार १० बजेदेखि पोस्टपेड मोवाइलमा व्यालेन्स नदेखाउने तथा सम्पर्क समेत नहुने गरेकोे छ ।

 

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार समस्या समाधान हुन केही घण्टा लाग्नेछ । 

प्रतिक्रिया दिनुहोस्