राजधानीका सडक : प्रधानमन्त्री ओलीनै हास्यास्पद पात्र !



काठमाडौं : बुधबार त्रिविको एक कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीका लागि हिलोमा रातो कार्पेट विछ्याइयो। तर, जनता हिड्ने बाटो कसले बनाउने ? चाबहिल-चुच्चेपाटी सडकखण्डले सबैभन्दा बढी त्यहाँका स्थानीयलाई सास्ती दिएको छ। यो त जनतालाई सास्ती दिने एउटा प्रतिनिधि सडकमात्र हो। राजधानीका अधिकांश पक्की सडकमा केही घण्टा पानी परेपछि पोखरी बन्छन्। त्यहाँको सास्ती भोग्ने र देख्नेलाई मात्र थाहा छ। 

‘फसेको बाइक नै निकाल्न सकिन। विकास निर्माणमा बजेट छुट्याएको छ तर बजेट कहाँ कार्यान्वयन हुन्छ ?’, उनले प्रश्न गर्दै भने, ‘बजेट सिध्याउने र टालटुले काम गर्ने कि राम्रको काम गर्ने ?’ 

चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ। पानी पर्दा हिलो हुने, सडकमा जमेको पानी र पानी नपर्दा आउने धुलोले यस सडकखण्डमा आवतजावत गर्ने यात्रु र स्थानीयबासिन्दाले निकै सास्ती भोग्नु परेको छ। चुच्चेपार्टीमा आफ्नो बाइक फसेपछि कमलप्रसाद भण्डारीले सडकको दुःख सुनाए।

सडकमा जमेको पानी र हिलोमाथि गुड्ने गाडीले सडकछेउका पसलमा पूरै हिलो र पानी मात्र हुन्छ। घाम लाग्दा धुलो र पानी पर्दा सडकमा जमेको पानी र हिलो यस सडकखण्डको विशेषता नै बनेको छ। दिनहुँ सोही सडक प्रयोग गर्ने सर्वसाधारणको समस्याको भने अझ कष्टकर भएको छ। सडकको हिलो पानी र पैदलसम्म हिड्न नसक्ने गरी जमेको पानीले हैरानीमा पर्ने गरेको उनीहरू बताउँछन्। अन्नपूर्ण पोष्टबाट साभार

प्रतिक्रिया दिनुहोस्