‘कबीर सिंह’ को नेपाली भर्सनमा ज्योतिष हरिहर, बनाउँदैछन् बडि



काठमाण्डौ : बलिउड फिल्म कबिर सिँह ब्लकबस्टर हिट साबित भएसँगै यसको नेपाली रिमेक बन्ने भएको छ । 

यसको नेपाली कपिराइट किनेर नेपाली भर्सनमा पनि ल्याउने तयारी भैरहेको छ । नेपाली भर्सनमा नायक तथा युवा ज्योतिष हरिहर अधिकारी कबिर सिंह बन्ने भएका छन् ।

अधिकारी यतिबेला आफ्नो शरीर बनाइरहेका छन् । दैनिक जिम धाइरहेका हरिहर अहिले ज्योतिषीभन्दा आफ्नो फिट्नेसलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छन् । 

पहिलो चलचित्र 'शुभ लभ' बाट दर्शकको मन जित्न असफल भएका हरिहरलाई धेरैले हिरो बन्न नसुहाएको प्रतिक्रिया दिएका थिए । त्यही कुरालाई ध्यानमा राख्दै हरिहर अहिले यतिबेला दैनिक जिम धाइरहेका छन् भने खाने कुरामा पनि उत्तिकै ध्यान दिइरहेका छन् । 

तेलगु फिल्म ‘अर्जुन रेड्डी’को आधिकारिक रुपमा कपि राइटस किनेर बलिउडमा ‘कबिर सिंह’ बनाइएको थियो । हिन्दी फिल्म नेपालमा कपि राइटस किनेर निर्माण गर्न लागिएको यो पहिलो फिल्म हो । 

फिल्मको आधिकारिक घोषणा गरिएको छैन । तर ‘अर्जुन रेड्डी’ निर्माण गरेको कम्पनी भद्रकाली पिक्चर्स सँग कपि राइट खरिद गरिसकेको छ । ‘अर्जुन रेड्डी’ र ‘कबिर सिंह सुपरहिट सावित भइसकेको छ । यसको नेपाली रिमेकले हरिहरलाई नेपाली फिल्ममा स्थापित गर्न सक्छ या सक्दैन, त्यो हेर्न बाँकी छ ।’

हरिहरले भनछन्- ‘अनौपचारिक रुपमा चलचित्रका विषयमा मसँग कुरा भएको हो तर औपचारिक रुपमा भने निर्माण टिमले मसँग कुरा गरेको छैन ।’ 

प्रतिक्रिया दिनुहोस्