भारतकाे बैंगलोरमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु



काठमाडौं : भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो ।

घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी बझाङको थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हुन् ।  उनीहरू रोजगारीका लागि सपरिवार बैंगलोरमा थिए। मृतक खड्काका छोरा भने धनगढीमा छन् । 

बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’ अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको अपार्टमेन्टको भुइँतला भासिँदा मृत्यु भएको खड्काका भाइ कमलले अन्नपूर्णलाई बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविराज बरालले लेखेका छन् ।

मृतक खड्का ६ वर्षदेखि उक्त अपार्टमेन्टमा काम गर्थे। पार्किङसहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो। राति करिब २ बजेतिर भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको मृतकका परिवारले बताएका छन्।

तीनैजनाको शव बओरिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ। कमलका अनुसार खड्काका बाबुआमा घटनाबारे थाहा पाएलगत्तै अचेत छन्। उनीहरू पनि रोजगारीका क्रममा बैंगलोरमै थिए। मृतकका बाबुआमा पनि भत्किएको भवननजिकै अर्को भवनमा काम गर्थे।

रोजगारीका क्रममा बैंगलोरमै रहेका मृतकका काका रामबहादुर खड्काले नजिकै निर्माणाधीन ६ तले भवन ढल्दा अर्को चारतले भवनलाई धक्का दिएको र उक्त भवनको भुइँतला भासिएको जानकारी दिए।

काका रामबहादुरले आफूहरूको पूरै परिवार रोजगारीका लागि बैंगलोरमै रहेकाले मृतकको अन्तिम संस्कार उतै गर्ने बताए। ज्यान गुमाउने अन्य दुईजना भारत बिहारका रहेको भारतीय मिडियाले लेखेका छन्। घटनामा ७ जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : २०६४ सालमा बम विस्फोट र त्यसका घाइतेको सामूहिक हत्या गरेको आरोपमा १२ वर्षपछि

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित १३ जना विरुद्ध आज (मंगलबार) विशेष अदालत काठमाडौंमा

काठमाडौं :डन आयो डन,जा मूला भन,राजा हो राजा,बजाईदिन्छ बाजा,ए निकाल गाँजा,खानुपर्छ आज ।। यो गीत

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाबीच वार्ता सहजकर्ताको भूमिकामा रहेका

काठमाडौं : यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका प्रतिनिधिसभाको तत्कालिन सभामुख कृष्णबहादुर महरा प्रकरणले सत्तारुढ दल

थाईल्याण्ड : थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एकपत्नीको शाही उपाधि खोसेका छन्। उनी राजा बन्नुभन्दा

काठमाडौं : नेपाल–जापानबीच भएको द्विपक्षीय सम्झौताअनुसार जापानको ऋणसहयोगमा बहुचर्चित नागढुङ्गा–नौबीसे सुरूङमार्ग निर्माण हुने भएको छ

वासिङ्टन : ठीक १३ महिनापछि अर्थात् नोभेम्बर २०२० मा हुन गैरहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सामाजिक

काठमाडौ : निर्वाचन आयोगले रिक्त प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको लागि कार्यतालिका सार्वजनिक गरेसँगै १४

काठमाडौं : विश्वपरिवेश र अभ्यासभन्दा नेपालमा निजामित कर्मचारीको संख्या धेरै भएको भन्दै कटौटी गर्ने सार्वजनिक

फाइल फोटो जापान : राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित

काठमाडौं : कार्यबाहक सभामुखको रुपमा रहेकी उपसभामुख  शिवमाया तुम्वाहाम्फेले प्रधानमन्त्री केपी शर्मा ओलीलाइृ भेट्दै आफ्नो