images

फेरि थुनियो काठमाडौँ महानगरको ढल, दुर्गन्धले महामारी फैलिने त्रास

द नेपालटप | प्रकाशित: २०७६-३-२६ गते
फेरि थुनियो काठमाडौँ महानगरको ढल, दुर्गन्धले महामारी फैलिने त्रास

काठमाडौँ : महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतल फेरि डुबानमा परेको छ ।

महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लगाएर केन्द्रीय कारागारका प्रहरी बस्दै आएको दुई कोठे भवन भत्काएका थिए । भवन भत्काएपछि डोजरले खनेर ढलको पानीलाई निकास दिइएको थियो ।

तर खनेको ठाउँमा ह्युमपाइप नहालेका कारण मंगलबारदेखि फेरि ढल थुनिएको हो । सोही भवनका कारण ढल थुनिएपछि निकासका लागि भत्काइएको थियो । 

ढलको पानी थुनिएर दर्जनौँ कार्यालय र पसल रहेका भवनमा भुइँतला पोखरीमा परिणत हुँदा दुर्गन्ध फैलिएको छ । दुर्गन्धले महामारी फैलिने त्रास पनि बढेको छ । यो समाचार आजको नागरिक दैनिकमा श्याम राईले लेखेका छन् । 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

पाइपबाट यसरी खस्यो ३१ लाख लिटर डिजेल

पाइपबाट यसरी खस्यो  ३१ लाख लिटर डिजेल

अमलेखगन्ज (बारा) : नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याइएको छ। बहुप्रतीक्षित पाइपलाइनबाट इन्धन भ..

फिल्मकर्मीले साथ दिएनन् : शिल्पा पोखरेल

फिल्मकर्मीले साथ दिएनन् : शिल्पा पोखरेल

निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद उत्कर्षमा छ । उनीहरूले तीन वर्षअगाडि विवाह गरेका थिए । अहिले..

पूर्वराजाको सम्पत्ति : यती एयरको हालीमुहाली

पूर्वराजाको सम्पत्ति : यती एयरको हालीमुहाली

नारायणहिटीको ठीक अगाडि दरबारमार्गमा रहेको नेपाल ट्रस्टको केन्द्रीय कार्यालय नै यती एयरलाइन्सको भगिनी संस्था थामसेर्..

कांग्रेसमा कोइराला परिवारको सक्रियता

कांग्रेसमा कोइराला परिवारको सक्रियता

कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भ..

'सरकार माथिबाटै फर्कियाे, हामी जमिनको हाल बुझ्दैछौं'

'सरकार माथिबाटै फर्कियाे, हामी जमिनको हाल बुझ्दैछौं'

सिरहा : नेपाली कांग्रेसका सभापतिसहितको टोलीले सिरहाको बाढी तथा डुबान क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमन ट..

पाइपबाट खस्यो ३१ लाख लिटर डिजेल

पाइपबाट खस्यो  ३१ लाख लिटर डिजेल

अमलेखगन्ज (बारा) : नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याइएको छ। बहुप्रतीक्षित पाइपलाइनबाट इन्धन भ..