images

सेमिफाइनलमा हारेपछि भारतीय कप्तान विराट कोहलीले के भने ?

द नेपालटप | प्रकाशित: २०७६-३-२६ गते
सेमिफाइनलमा हारेपछि भारतीय कप्तान विराट कोहलीले के भने ?

आइसीसी विश्वकप २०१९ को सेमिफाइनलमा हारेपछि भारतीय कप्तान विराह कोहलीले न्यूजिल्याण्डका बलरको तारिफ गरेका छन् । भारतीय कप्तानले सुरुवाती ४०–४५ मिनेटदेखि नै खेलको ढाँचा परिवर्तन भएको बताएका छन् ।

उनका अनुसार न्यूजिल्याण्डको शानदार बलरका कारण टिम दबाबमा परेको र गल्ती गर्न बाध्य भए । यद्यपि, उनले भारतीय समूहले पूरा खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेको बताए ।

भारतीय कप्तानले खेलपछि पत्रकारको प्रश्नको जवाफ दिँदै भने, ‘हामी हारेपछि निराश पक्कै छौं तर हाम्रो आत्मविश्वास अलिकति पनि खस्किएको छैन ।’

Photo: AFP

‘गल्ती स्विकार्न लाज लाग्दैन’

भारतीय कप्तानले भने, ‘आजको हारपछि अहिले नै तुरुन्त केही भन्नु ठिक छैन । पछि फुर्सदमा कहाँ गल्ती भयो र के गर्न सकिन्थ्यो भनेर समीक्षा गर्न सकिन्छ ।’

उनले न्यूजिल्याण्डका बलरको खुलेर तारिफ गर्दै भने, ‘केही शट पक्कै पनि राम्रा थिएनन् तर रोहित शानदार बलिङमा आउट भए । म पनि राम्रो बलिङमा नै आउट भएँ । लक्ष्य ठूलो थिएन र हामीलाई लागिरहेको थियो कि सजिलै यसलाई परिवर्तन गर्न सक्नेछौं । तर न्यूजिल्याण्डले बलिङ गर्न सुरु गरेबित्तिकै उनीहरुलाई हामीलाई सुरुवाती ८ ओभरमा शट खेल्ने मौका नै दिएनन् । उनीहरुले हामीलाई दबाबमा पारे । हामीलाई यो कुरा स्विकार गर्न कुनै लाज लाग्दैन ।’

Photo: REUTERS

तर यसको अर्को पाटो पनि हेरिनुपर्ने उनको भनाई छ । उनले भने, ‘यो खेलमा हामीले राम्रो प्रदर्शन गरेका छौं । रोहितले शानदार ब्याटिङ गरेका छन् । बुमराह र जडेजाको पनि प्रदर्शन निकै राम्रो रह्यो । हामीले शानदार क्रिकेट खेल्यो र पूरा मेहनत गरेका छौं ।’

 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

डर्टमन्डसँग लिभरपुल पराजित

डर्टमन्डसँग लिभरपुल पराजित

काठमाडौं : युरोपियन लिग तयारीका लागि खेलिएको प्रिसिजनको मैत्रीपूर्ण फुटबलमा च्याम्पियन्स लिग विजेता इङ्लिस टोल..

मेस्सीलाई पछि पार्दै रोनाल्डो बने विश्वकै प्रशंसित खेलाडी

मेस्सीलाई पछि पार्दै रोनाल्डो बने विश्वकै प्रशंसित खेलाडी

काठमाडौं : इटालियन क्लब युभेन्टसका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो विश्वकै अधिक प्रशंसा गरिएका खेलाडी भए..

बेनेसर सर्वोकृष्ट खेलाडी, इघालोले जिते गोल्डेन बुट

बेनेसर सर्वोकृष्ट खेलाडी, इघालोले जिते गोल्डेन बुट

काठमाडौं : अफ्रिका कप अफ नेसन्सको उपाधि विजेता अल्जेरियाका मिडफिल्डर स्मेल बेनेसरले प्रतियोगिताको सर्वोकृष्ट ख..

अल्जेरियालाई २९ वर्षपछि अफ्रिका कप अफ नेसन्सको उपाधि

अल्जेरियालाई २९ वर्षपछि अफ्रिका कप अफ नेसन्सको उपाधि

काठमाडौं : अल्जेरियाले २९ वर्षपछि अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। शुक्रबार राति कायरोमा भएको फाइनलमा से..

रोनाल्डो बालोन डी‘ओर नजिक !

रोनाल्डो बालोन डी‘ओर नजिक !

काठमाडौं : स्पेनिस मिडिया मार्काले इटालियन क्लब युभेन्टसका पोर्चुगिज स्ट्रार क्रिस्टियानो रोनाल्डो यस सिजनको ब..

क्यानमाथिको प्रतिबन्ध यथावत, जिम्बावे निलम्बनमा

क्यानमाथिको प्रतिबन्ध यथावत, जिम्बावे निलम्बनमा

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन यथावत राखेको छ।..