भारत सेमिफाइनलमा हारेपछि मोदीले ट्वीटमार्फत पोखे दुखेसो 



काठमाडौं : आईसीसी विश्वकप क्रिकेट अन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत पराजित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले असन्तुष्ट देखिएका छन् । प्रधानमन्त्री मोदी आफ्नो टिमले खेलेको खेलप्रति असन्तुष्ट देखिएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘एक निराशाजनक परिणाम ! तर अन्तिमसम्म भारतले गरेको प्रदर्शन देखेर खुःशी लाग्यो । यस टुर्नामेन्टभरी भारतले उत्कृष्ट ब्याटिङ र बलिङ गर्यो यसमा मलाई गर्व छ । हार जित जीवनको एक भाग हो । भविष्यको लागि टिमलाई हार्दिक बधाई !’

उनले कप्तान विराट कोहली, रोहीत शर्मा र के एल राहुल समान १–१ रन बनाएर आउट हुनु नै भारतको हारको प्रमुख कारण भएको बताए । हिजो भएको खेलमा भारतले ९२ रनमा ६ विकेट गुमाउँदा रवीन्द्र जडेजा र धोनी मैदानमा थिए । उनले ७२ बलको सामना गर्दा ५० रन मात्र बनाए ।

त्यसैगरी भारतीय टिमका पूर्व कप्तान सौरव गांगुली र भिभिएस लक्ष्मणसहित पूर्व क्रिकेटरहरुले सातौं नम्बरमा धोनीलाई मैदानमा पठाउनु पनि हारको कारण रहेको बताएका छन् ।

हार्दिक पांड्या र दिनेश कार्तिकलाई धोनीभन्दा पहिले मैदानमा पठाएको भए नतिजा अर्कै आउने उनीहरुको तर्क छ ।

न्यूजिल्याण्डसँग पराजित भएसँगै भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले न्यूजिल्याण्डको किफायती बलिङको तारिफ गरे ।

उनले भने शुरुवाती ४०–४५ मिनेटमा नै खेल बदलिएको बताएका छन् । उनले भारतले प्रतियोगिताभर निकै नै राम्रो खेल प्रदर्शन गरेको जनाएका छन् । उनले भने, – हामी हारबाट निराश छौं, तर, आत्मविश्वास हल्लिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्