कञ्चनपुरमा बुवाबाटै १४ वर्षीया छोरी बलात्कृत 



कञ्चनपुर : कञ्चनपुरको बेलौरी र पुनर्वासको सिमा क्षेत्र पर्ने पुनर्वास नगरपालिका १ बन्धाताल टोलमा बुवाबाटै छोरी बलात्कृत भएकी छन् ।

बुधबार १४ वर्षीया छोरी एनिसा नेपाली (नाम परिवर्तन)लाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय बावु कालू नेपाली (नाम परिवर्तन)लाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलबार राती करिब १० बजे तिर छोरीलाई बलात्कार गरिरहेको देखेपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिएन् । 

प्रहरीलाई खबर गरेलगत्तै इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले बलात्कारको आरोपमा कालू नेपालीलाई पक्राउ गरेको हो । 

प्रक्राउ गरेका नेपालीलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको जिम्मा लगाएको बेलौरीका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए ।

नेपालीलाई मेडिकल चेकजाँच गरि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाइएको त्रिभुवनबस्तीका प्रहरी नायव निरीक्षक भुपाल सिह थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्