विराटनगर जलमग्न, कोशी अञ्चल अस्पताल डुबानमा



मोरङ : वर्षायाम सुरु भएसँगै लगातार परेको पानीले विराटनगरका धेरै ठाउँहरू जलमग्न हुनुकासाथै कतिपय ठाउँहरु डुबानमासमेत पर्न थालेका छन् । 

विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरु डुबानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । परेको पानी निकाश हुने नाला नहुँदा बजार क्षेत्र जलमग्न भएको हो ।

वर्षाका कारण कोशी अञ्चल अस्पताल डुबेको छ । सडकको पानी अस्पताल भित्र पस्दा औषधि पसल सहित प्रशासनिक भवन समेत जलमग्न भएको छ । त्यस्तै इमरजेन्सी कक्षमासमेत पानी पस्ने अवस्था आएको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन पोखरेलले जानकारी दिए ।

केहीबेर पानी पर्यो भने इमरजेन्सी तथा प्रशासनिक भवनको कार्यकक्षमा नै पानी छिर्ने सक्ने  उनले बताए ।  ढलको निकास ब्यविस्थत नबनाइ सडक अग्लो बनाइएकाले अस्पताल भित्र पानी पसेको हो । 

तीन दिनदेखि लगातार परेको वर्षाका कारण विराटनगर जलमग्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्