भारत बाहिरिएपछि खुसीले गदगद भएका पाकिस्तानीले के भने ?



इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा उपाधि दाबेदार भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा पुगेको छ।

हारसँगै इन्डियाको वल्र्डकप जित्ने सपना चकनाचुर भएको छ। खेलाडीदेखि इन्डियन फ्यानहरु सबैको अनुहारमा उदासी छाएको छ । इन्डियाको हार सामाजिक सन्जालमा निकै नै चर्चाको विषय बनेको छ। भारत हार्नुमा सबैभन्दा धेरै खुसी पाकिस्तानीहरु भएका छन् । उनीहरुले इन्डियाको हारसँगै सामाजिक सन्जालमा खुसी व्यक्त गर्दै विभिन्न ट्रोल, भिडियो तथा ट्वीटहरु गरेका छन्। 

वल्र्डकपमा एक मौका यस्तो पनि थियो, जब पाकिस्तानी टिम लिग स्टेजमा बाहिरियो, त्यसपश्चात पाकिस्तान भारतकाे जितमा निर्भर थियाे। तर भारतले पनि त्यस खेला हारेपछि पाकिस्तान बाहिरिएकाे थियाे। अहिले दुवै टाेली प्रतियाेगिताबाट बाहिरिएका छन्।  

इन्डियाको हारमा पाकिस्तानीहरुले गरेका ट्रोलहरु हेर्नुहोस्  :

आमिर शेख नामका एक पाकिस्तानीले गरेको ट्विट- 'इन्डियाको विकेट खस्नुको स्पिड मेरो टाइपिङभन्दा धेरै छ ।'

पाकिस्तान सरकारका मन्त्रीले गरेको ट्विट- 'पाकिस्तानीहरुको माया न्युजिल्याण्डसँग'

त्यस्तै एक जनाले दुर्घटनाग्रस्त भारतीय वायुसेना विमान र धोनी रन आउट भएको तस्विरलाई ट्वीटमा सेयर गर्दै लेखे- 'भारतीयहरुलाई यो दुई लाइन पार गर्न नसक्नुको दुख सधैँभरि हुनेछ ।'

प्रतिक्रिया दिनुहोस्