पाकिस्तानमा रेल दुर्घटना, १० जनाको मृत्यु



इस्लामाबाद : पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा १० जनाको मृत्यु भएको छ। साथै ६० जनाभन्दा बढी घाइते भएका छन्।

पाकिस्तानी रेल अधिकारीहरूका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए। प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुवाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा जुधेका थिए।

 

प्रतिक्रिया दिनुहोस्