छवि र शिल्पाबीच कुरा मिल्यो



काठमाडौं : नायिका शिल्पा पोखरेल र उनका श्रीमान् छवी ओझाबीच रहेको विवाद टुंगिएको छ। काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।

यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन्। परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन्। 

दुवै जनाबीच सहमति भए पनि शिल्पा छविसँग पहिलेझैँ सँगै बस्छिन् बस्दिनन् भन्ने चाहिँ स्पष्ट भइसकेको छैन। नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन्। 

 

प्रतिक्रिया दिनुहोस्