लुकिरहेका अपराधीले पादेपछि प्रहरीले गर्‍यो पक्राउ



काठमाडौं : अमेरिकाको मिसूरीमा प्रहरीबाट भागिरहेका एक आरोपितले लुकेको ठाउँमा पादेपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ। 

लागूपदार्थ बोकेका ती अपराधीलाई प्रहरीले खोजिरहेको थियो। उनले लुकेकै ठाउँमा चर्को आवाजमा पादे। 

लिबर्टी प्रहरी विभागले यस घटनाबारे ट्वीट लेख्यो। उनी पक्राउ पर्दा कोही पनि घाइते नभएको भन्दै उसले ट्वीट गरेको हो। स्थानीयहरूले सामाजिक सञ्जालमा प्रहरी विभागलाई अपराधी समातेकोमा धन्यवाद दिएका थिए। 

प्रतिक्रिया दिनुहोस्