१३ दिने नवजात शिशुको अपहरणपछि उद्धार, दुई महिला पक्राउ 



धरान : भोक्राहा १ की बबिता मेहताको १३ दिने छोराको अपहरण भएको ३ घण्टामै प्रहरीले उद्धार गरेको छ । 

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राति १३ दिने नवजात शिशुको अपहरण भएको थियो । उनको प्रसूति वार्डबाटै अपहरण भएको थियो । 

बबिता र उनका कुरुवा भजित रोशन निदाएको मौका छोपी दुई जना महिलाले १३ दिनको नवजात शिशुको अपहरण गरेका थिए । अपहरण भएको थाहा पाउन साथ प्रहरीमा खबर गरेपछि शिशुको उद्धार गरिएको थियो । 

नवजात शिशुको अपहरणमा संलग्न दुई महिलालाई समेत प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले बताए । 

अपहरणमा संलग्न धरान १५ माइती भई भारतको दिल्ली घर भएकी वर्ष २७ की लीला विक र उनकी भाउजू मीना लिम्बू (विक)लाई पक्राउ गरिएको उनले बताए।

डीएसपी न्यौपानेले अपहरणमा परेका नवजात शिशुलाई अपहरणकारीले भरातको डिल्ली लैजाने तयारी गरेको बताए । 

लीलाका सन्तान नभएका कारण आफूले छोरा बनाई पाल्ने उद्देश्यले नवजात शिशुको अपहरण गरेको प्रहरीलाई बयान दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्