अर्बपति कुकुर, वरिपरि नोकरचाकर मात्र होइन ‘बिकिनी गर्ल’ पनि !



काठमाडाैं : जर्मन निवासी गंथर नामको कुकुर यति धनी छ कि संसारका अर्बपतिहरू पनि गंथरको नाम सुनेर डाह गर्छन्। यो एउटा जर्मन शेफर्ड प्रजातिको कुकुर हो र संसारको सबभन्दा धनी कुकुर मानिन्छ। गंथरसँग १४ करोड डलर अर्थात् १५ अर्ब भन्दा रुपैयाँ बढी सम्पति छ।

गंथर एउटा सेलीब्रेटी जस्तै जीवन जिउने गर्छ। उसको दायाँ- बायाँ नोकर चाकर पनि घुमिरहेका हुन्छन्। उनीहरूले गंथरको खानपिनको ध्यान राख्ने गर्छन्। यहाँसम्म कि गंथरको वरिपरि 'बिकिनी गर्ल्स'को पनि ताँती लागिरहेको हुन्छ। 

अब प्रश्न उठ्छ कि गंथरले पैसा कसरी कमायो। जबकि पुच्छर हल्लाउनेबाहेक गंथरले कुनै काम गरेको छैन। खासमा उसलाई यति धेरै सम्पत्ति उसको पिताबाट विरासतमा प्राप्त भएको हो।

गंथरको पिताले यो सम्पति आफ्नो मालिक्नी कार्लोत्ता लीबेन्स्टाइनबाट प्राप्त भयो। सन् १९९२ मा मालिक्नीको मृत्यु भएपछि इटाली र जर्मनीमा रहेको सबै सम्पति गंथरको पितालाई प्राप्त भयो। भाग्य होस् त यस्तो !

प्रतिक्रिया दिनुहोस्