‘कांग्रेसले मृत्युकाे व्यापार गर्‍याे, उसकाे झन्डाबाट शान्ति र लाेकतन्त्रकाे तारा हरायाे’



काठमाडौं : नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री गोकुल बाँस्कोटाले पछिल्लो समय विप्लवको हिंसाबारेको स्पष्ठ धारणा माग गरेको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘हिंसाबारे कांग्रेसको धारणा के हो? विप्लवजीहरुले गरेको हिंसा वैध हो?’

बुधबार भोजपुरमा विप्लव समूह र नेपाल प्रहरीबीच भएको दोहोरो भीडन्तमा भएको मृत्युबारे कांग्रेसले सत्य बाहिर आउनपर्ने माग गरेको थियो। प्रवक्ता बाँस्कोटाले स्पष्ट धारणा राख्न आग्रह गरेका हुन्। 

कांग्रेस आफ्नै नीतिमा स्पष्ट हुनुपर्ने भन्दै उनले भने, ‘कांग्रेस दिनभरि बीपी र रातभर विप्लव हो?’ कांग्रेसको चारताराबाट शान्ति र लोकतन्त्रका दुई तारा हराएको भन्दै उनले कटाक्षसमेत गरे। प्रतिपक्षी दल नेपाली कांग्रेसले मृत्युको व्यापार गरेको समेत उनले आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्